दमौली, पुस २९
जेसिआइ व्यास नगरको ३० औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा जेसिज वर्ष २०२३ का अध्यक्ष राजु रानाले नव निर्वाचित २०२४का अध्यक्ष नविन पुरीलाई चेन लगाउदै जेसिजको विधि, विधान अनुसार अध्यक्षको आसनमा बसाएर पद हस्तान्तरण गरेका थिए । सोही समारोहमा विभिन्न विधामा अवार्ड तथा पुरस्कार पनि वितरण गरिएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुरीलाई निवर्तमान अध्यक्ष रानाले सपथ ग्रहण गराएका थिए भने निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष पुरीले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सुशासन तथा दिगो बिकास समितिका सभापति प्रकाश पन्तले विधिको शासन प्रवद्र्धन तथा युवा शसक्तिकरणमा जेसिजले महत्वपूर्ण योगदान पु¥याएको बताए । लामो समय समृद्धिका कुरा भाषणमा मात्रै सिमित रहेको बताउदै उनले भने ‘हामीले कुरा मात्र गरेर समृद्धिका नाममा धेरै समय खर्च ग¥यौं, अब युवाहरुमा छाएको निराशालाई आशा र भरोसामा रुपान्तरण गर्न काम गरेर देखाउनुपर्ने बेला आएको छ ।’ साथै उनले सुशासन, सामाजिक न्याय र समृद्धिका विषयहरु एक साथ अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । सुशासन र दिगो बिकासका बिषयमा जेसिजले सहकार्य गर्न चाहेको खण्डमा सदैव सहयोग गर्ने पनि उनले बताए ।
कार्यक्रममा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले जेसिजका सिद्धान्त र मान्यताले युवाहरुमा राम्रो प्रभाव पारेको बताए । साथै जेसिजको मान्यता र आदर्शलाई अङ्गीकार गर्न सके समाज परिवर्तनको पक्षमा अघि बढ्ने उनको भनाइ थियो । नेतृत्व बिकासमा जेसिजले ठुलो योगदान गर्दै आएको बताउदै न्यौपानेले भने ‘जेसिज सबै युवाहरुको भावना र विचार समेटन सक्ने साझा संस्थाको रुपमा स्थापति हुनुपर्छ ।’
कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, व्यास १ का वडाध्यक्ष रमेशप्रसाद हड्खले, जेसिआइका पूर्व अध्यक्ष सुर्यनाथ खनाल, मातृशाखा पोखरा जेसिजका अध्यक्ष देवराज शर्मा, रोटरी क्लब अफ दमौलीका अध्यक्ष रमेश श्रेष्ठ, दमौली खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष बिर्षराज श्रेष्ठ, कृष्ण ढकाल, साइनिङ्ग स्टार २०२३ की विजेता सदिक्षा राना लगायतले देशैभर नेतृत्व बिकास र मानवीय सेवामा जेसिजले खेलेको भुमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुरीले आगामी कार्ययोजना प्रस्तुत गर्दै आफ्नो कार्यकालमा विधिको शासन, मानवीय सेवा र बन्धुत्वको भावना आत्मसाथ गर्दै उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘पूर्व अध्यक्षहरुले बनाएको जेसिजको छवि र गरिमालाई थप उचाईमा पु¥याउन हरदम प्रत्यनशिल रहनेछु र युवाहरुको क्षमता र व्यक्तित्व बिकासका लागि विभिन्न रचनात्मक तालिमको अवधारण पनि ल्याउनेछु ।’
सो अवसरमा जेसिजको उमेर हद नाघेका पुर्व अध्यक्ष एवम् सदस्यहरुलाई सम्मान गरिएको थियो भने जेसिज बर्ष २०२३ सफल बनाउन सहयोग गर्नेहरुलाई पनि विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो । बर्ष २०२३ का अध्यक्ष राना र बर्ष २०२४ का अध्यक्ष पुरीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रम निवर्तमान महासचिव सुनिल श्रेष्ठ र बर्ष २०२४ का महासचिव समन अधिकारीले सञ्चालन गरेका थिए ।
जेसिजको बर्ष २०२४ का लागी अध्यक्ष पुरीसँगै कार्यकारी उपाध्यक्षमा पुर्ण शदासंकर र अनुप दाहाल, उपाध्यक्षमा राजेश क्षेत्री, दुत बहादुर थापा, केशरबहादुर बराली र पवन कार्की अधिवेशनबाटै निर्वाचित भएका थिए । त्यस्तै समितिका कानुनी सल्लाहकार सुनिल श्रेष्ठ, महासचिवमा सनम अधिकारी, कोषाध्यक्ष सोम बहादुर नेपाली, सचिव रोविन श्रेष्ठ र सहकोषाध्यक्ष शंकर ज्ञावली रहेका छन् ।
समितिमा शाखा सम्पादक विनोदकुमार गोशली, तालिम निर्देशक अरविन्द थापा, जनसम्पर्क अधिकृत सुरज गुप्ता, प्रकरण निर्देशक राजकुमार श्रेष्ठ, वृद्धि सभापति डिक्सन मल्ल, शाखा निर्देशक बसन्त पन्थी र योजना प्रमुखमा दिपेन्द्र सापकोटा मनोनीत भएका थिए ।
मिडिया रिलेशन अफिसर अनिल श्रेष्ठ, इन्भाइरोमेन्ट कोर्डिनेटर गोपाल थापा, सदस्य समन्वय सभापति विजय सुनार, फेलोसिप प्रवद्र्धन अधिकारी रविन्द्र शाही, सुचना प्रविधि सभापति रविन्द्र खाति, कार्यक्रम समन्वय संयोजक प्रताप पण्डित, सचिवालय व्यवस्थापन संयोजक विरोध श्रेष्ठ, अवार्ड व्यवस्थापन संयोजक नेत्र सुनार, अनुगमन संयोजक रवि भुजेल, ल इन्फोर्समेन्ट संयोजक गोविन्द्र बराली, सहयोग व्यवस्थापन संयोजक शेर बहादुर बोटे र इन्टर क्लब समन्वय संयोजकमा प्रकाश थापा रहेका छन् । अध्यक्षीय सल्लाहकारमा सुमित ढुङ्गना मनोनित भएका थिए भने बोड् एडभाइजरमा अजर नागिला, युवराज भण्डारी चन्दन श्रेष्ठ र गणेश थापा मनोनीत भएका थिए ।