तनहुँमा नेकपा एसका जिल्ला सचिवालय सदस्य सहित ८७ जना एमालेमा समाहित

Devghat Online

शेयर गरौ

दमौली, पुस २९

नेकपा एकीकृत समाजवादी पार्टी तनहुँ जिल्ला सचिवालय सदस्य एवं शुक्लागण्डकी नगर कमिटी सचिव डिलबहादुर थापाको नेतृत्वको टोली नेकपा एमालेमा फर्किएका छन् । थापाको नेतृत्वमा सो पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरु आइतबार नेकपा एमालेमा समाहित भएका हुन् ।

उनीहरुलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी लगायतले पार्टीमा स्वागत गरे । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आइतबार बेलचौतारामा आयोजना गरेको कार्यक्रममा उनीहरु एमालेमा समाहित भएका हुन् । एमालेमा फकर्नेहरुमा नगर कमिटि सदस्य, वडा कमिटि सदस्य, युवा संघका जिल्ला सदस्य तथा नगर कमिटिका सदस्यहरु रहेका छन् ।

पार्टीमा समाहित भएपछि थापाले आफ्नो घर फर्कन पाउँदा निकै खुसी लागेको बताए । उनले पार्टीले दिने जिम्मेबारी पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष मुक्तिनाथ तिमिल्सेनाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक