दमौली, पुस २९
नेकपा एमालेका उपमहासचिव गुरुङले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई हानी हुने बताएका छन् । बलियो कम्युनिष्ट पार्टी र कम्युनिष्ट एकता आजको आवश्यकता भएको गुरुङले बताए । गुरुङले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई नै हानी हुने बताए ।



नेकपा एकीकृत समाजवादी पार्टी तनहुँ जिल्ला सचिवालय सदस्य एवं शुक्लागण्डकी नगर कमिटी सचिव डिलबहादुर थापाको नेतृत्वमा नेकपा एमालेमा फर्किएका कार्यकर्तालाई आईतबार तनहुँको शुक्लागन्डकी नपाको बेलचौतारामा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले गुरुङले हिजो नेकपा विभाजित हुँदा केपी ओली वा माधव नेपालले केही नपाएको गुरुङले बताए ।

बरु देशले राजनीतिक स्थिरता र समृद्धिको बाटो गुमाएको भन्दै उनले भने ‘ल एमालेले त पाएन पाएन, केपी ओलीले त पाएनन् पाएनन्, माधव नेपालले के पाए ? जनताले के पाए ? देशले के पायो ? सधैँ यस्तो हर्कत किन गर्छन् नेपालका नेताहरू ।’ धेरै दुःख गरेर पार्टी बनायो नेताहरूको झगडाले पार्टी फुटाउने कुरा दुर्भाग्यपूर्ण भएको गुरुङले बताए । कम्युनिष्ट पार्टीका नेताहरूले गँगटे लडाइँका कारण अघि बढ्न नसकेका उनको भनाइ छ । ‘कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्छ, गँगटे लडाइँ लड्ने नेतालाई सबक सिकाइदिनु पर्छ’, गुरुङले भने ।

एमालेका धेरै नेताहरू आफ्नो घर डढाएर खरानीको टीका लगाएर हिँडेका गुरुङलेले उदाहरण दिए । ‘आफ्नै घर डढायो, खरानीको टीका लगायो हिँड्यो, अरूलाई त धोका दिए दिए आफैँलाई पनि धोका दिए, सारा श्रमजीवी जनतालाई दुःख दिए’, गुरुङले भने । पार्टीका नेता कार्यकर्ताहरू भुसका थैला जस्ता हुनु नहुनेमा गुरुङले जोड दिए । अब जसले जता लडाइदियो, त्यता लड्नु नहुने उनको भनाई छ । जनताले कहिल्यै पनि कम्युनिष्ट पार्टी नटुटोस् भन्ने चाहेका बताउँदै गुरुङले नेताहरूकै कारण पार्टी फुट्ने गरेको उनले बताए ।
गुरुङले आफू सधैँ कम्युनिष्ट पार्टीको एकताको पक्षमा रहेको बताए । पहिलो कुरा आफ्नो पार्टी ठुलो बनाउन लाग्नु पर्ने बताउँदै उनले आफ्नो मात्र शक्ति नपुग्दा भाइ–भाइ मिल्नु पर्ने बताए । गुरुङले प्रचण्ड र माधव नेपालले सानो चित्त गर्दा नेकपा विभाजित भएको पनि बताए । ‘माओवादीको बुद्धि पुगेन, माधव नेपालको बुद्धि पुगेन, सानो रहेछ दिमाग, नेता ठुलो भएर के गर्नु दिमाग त यत्रो रहेछ’, उनले भने । माधव नेपालले एमालेले विचार वा सिद्धान्त छाडेको कारण नभई केपी ओलीसँग रिस उठेको कारण मात्र पार्टी छाड्नु भएको गुरुङले बताए ।

माधव नेपालले जहिले पनि केपी ओलीले दुःख दियो त्यसैले पार्टी छाडे भन्ने गरेको बताउँदै उनले व्यक्ति विशेषसँग रिस उठ्दैमा पार्टी छाड्ने नेताको विचार र आदर्श कस्तो होला भन्दै प्रश्न गरे । गुरुङले कम्युनिष्ट पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो आत्म समीक्षा आफैँले गर्नुपर्ने बताए । आफूले कहाँ राम्रो गरेँ, कहाँ नराम्रो भयो भनेर समीक्षा गर्नुपर्नेमा गुरुङले जोड दिए ।

नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष मुक्तिनाथ तिमिल्सेनाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए । सो कार्यक्रममा थापाको नेतृत्वमा नेकपा एकिकृत समाजबादी पार्टीका विभिन्न तहमा रहेका ८७ जना नेता तथा कार्यकर्ताहरु आइतबार नेकपा एमालेमा समाहित भएका थिए ।

उनीहरुलाई नेकपा एमालेका उपमहासचिव गुरुङ, गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी, प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद श्यामराजा महत, प्रदेश कमिटि सदस्य कमल ढकाल, पुर्व प्रदेश कमिटि सदस्य विष्णुभक्त सिग्देल लगायतले एालेमा स्वागत गरेका थिए ।












