भजर्न कालिका मन्दिरकोलागि मेला स्थलबाट ३ लाख ४१ हजार संकलन

Devghat Online

शेयर गरौ

देवघाट, माघ १

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको निर्माणको लागि सोमबार एकै दिन करिब ३ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ । माघे संक्रान्ति मेलाको अवसरमा मेला स्थल बेणी संगममा मन्दिर निर्माणको बारेमा गरिएको माइकिङको प्रभाव र दान पेटिकामा संकलन गरिएको रकम सोमबार एकै दिन करिब ३ लाख ४१ हजार ५ सय १ रुपैयाँ संकलन भएको भर्जन कालिका मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

अध्यक्ष न्यौपानेको नेतृत्वमा मन्दिर निर्माण समितिका पदाधिकारीहरु बिहानै देखी मेला परिसरमा आर्थिक सहयोग संकलनकोलागि खटिएका थिए । भर्जन कालिका मन्दिरको बारेमा मेला स्थलमा माईकिङ गरेपछि भक्तजनहरुले स्वतः स्फुर्त सहयोग गर्नु भएको अध्यक्ष न्यौपानेले बताए । यो रकमले अव मन्दिरको निर्माणमा ठुलो सहयोग पुग्ने न्यौपानेले बताए । मेला स्थलमा मन्दिर निर्माण समितिका सदस्यहरुले कौरा गित पनि प्रस्तुत गरेका थिए ।

भर्जन कालिका मन्दिर निर्माणकोलागि विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग उपलब्ध गराउँदै आएका छन् । ११ हजार रुपैयाँ भन्दा बढि सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाको नाम शिलालेखमा लेखिने अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ