बन्दिपुर अस्पताललाई बजेट र चिकित्सक उपलब्ध गराउने मन्त्री सिंखडाको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

बन्दिपुर, माघ २

गन्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले बन्दिपुर अस्पतालको स्तरोन्नतीकोलागि आवश्यक बजेट र चिकित्सक उपलब्ध गराउने बताएकी छिन् । सोमबार बन्दिपुर अस्पतालको निरिक्षण गर्दै मन्त्री सिंखडाले बन्दिपुर अस्पतालको स्तरोन्नतीकोलागि आवश्यक बजेटको व्यवस्थापन गर्ने तथा उक्त अस्पतालमा प्रदेश सरकारबाट मेडिकल सुपरिटेन्डेन्टको व्यवस्था गर्ने बताइन् ।

बन्दिपुर देशकै प्रमुख पर्यकीय गन्तव्य भएको हुँदा यहाँको स्वास्थ्य क्षेत्र पनि गुणस्तरीय हुनु पर्ने मन्त्री सिंखडाको भनाई थियो । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन प्रदेश सरकारले प्राथमिकताको साथ काम गरिरहेको मन्त्री सिंखडाको भनाई थियो ।

सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दिपुर अस्पतालमा डाक्टरको असाध्यै समस्या भएको बताए । उक्त अस्पतालबाट दैनिक एक सय भन्दा बढि विरामीको स्वास्थ्य परिक्षण हुने गरेपनि डाक्टरको अभावमा प्रभावकारी सेवा दिन नसकिईएको बताए । बन्दिपुर अस्पतालको सेवा डुम्रे बजारबाट सन्चालन गर्ने तयारी भएपनि त्यसकोलागि डाक्टर नभएको भन्दै अध्यक्ष थापाले प्रदेश सरकारले एक जना डाक्टर उपलब्ध गराउन साथ डुम्रेबाट ओपिडी सेवा सन्चालन गरिने बताए ।

साथै बन्दिपुर अस्पतालमा थाइराईड परिक्षण मेसिन उपलब्ध गराउन पनि अध्यक्ष थापाले मन्त्रि समक्ष अनुरोध गरेका थिए । अध्यक्ष थापाले बन्दिपुर अस्पतालको भवन निर्माणकोलागि आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराउन पनि माग गरे ।

सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङले बन्दिपुर अस्पतालको स्तरोन्नती र प्रभावकारी सेवा सन्चालनकोलागि प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न