चितवन आएर रविले भने  ‘बचत कर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो’

Devghat Online

शेयर गरौ

चितवन, माघ ५ 

राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेले सहकारीका बचत कर्ताहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार ९आज० भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन् ।

‘बचत कर्ताको सुरक्षा राजनीतिक दलका रुपमा जनप्रतिनिधिका रुपमा र जिम्मेवार व्यक्तिमा रुपमा मेरो प्राथमिकता हो’, चितवन क्षेत्र नम्बर दुई बाट निवार्चित सांसद समेत रहेका लामिछानेले भने ‘कसरी सहकारीमा पैसा डुबेका मान्छेको सुरक्षा गर्न सकिन्छ भन्नेमा चिन्तित छु ।’ रास्वपाले सहकारीमा रहेको समस्याको समाधान सहितको प्रतिवेदन समेत तयार पारेको उनले बताए । सहकारीको मुद्दा बाहिर नआउँदै जलेश्वर बैठकले नै सो प्रतिवेदन तयार पारेको उनको दावी थियो ।

पूर्व गृहमन्त्री समेत रहेको लामिछानेले सहकारीको समस्या राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । ‘सरकारबाट अनुमती लिएका सहकारीहरुमा बचत गरिसकेपछि बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको दायित्व हो,’ उनले भने ‘यसको समाधान राजनीतिक रुपमा गर्नुपर्दछ।’

सहकारी सञ्चालकसंग मिलेर रकम हिनामिना गरेको आरोप लामिछानेलाई समेत लागेको छ । यस आरोपले आफुलाई फरक नपर्ने उनले बताए । ‘बचत कर्ताको सुरक्षा मेरा लागि चिन्ताको बिषय हो ।’ उनले भने ‘उजुरी, आरोप सबै भनेको त्यति महत्पूर्ण होइन।’ उनले आफुले नैतिक, राजनीतिक तथा कानुनी रुपमा कहि कतै गलत नगरेको स्पष्ट पारे ।
यसअघि लामिछाने सहभागि रहेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो ।

तिखेर लामिछाने टिभिका प्रवन्धक निर्देशक थिए । सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन् । कस्को संरक्षणमा जिबि राईलाई समात्न किन सकिएनरु भन्ने पत्रकारको प्रश्नमा लामिछानले राज्यका कारण समात्न नसकेको उत्तर दिए । ‘समात्न सरकार लाग्नुपर्‍यो हामी सघाउन तयार छौँ । जो संग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ उनले भने ।’ उनले आफु डेढ बर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे । लामिछानेले चितवनका सहकारी पीडितसंग समेत भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा