गोरखाका माओवादी र समाजबादी पार्टीका नेताहरु एमाले प्रवेश

Devghat Online

शेयर गरौ

काठमाडौं, माघ ५

गोरखाका नेकपा माओवादी र नेपाल समाजबादी पार्टीका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखाबाट दाहाल र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरु सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका हु्न् ।

एमाले मुख्यालयमा शुक्रबारआयोजित बिशेष कार्यक्रममा प्रचण्ड र बाबुरामका निकट रहेका नेताहरु एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा बाबुराम भट्टराई नेतृत्वको नेसपाका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, प्रदेश कमिटी सदस्य मनोहर ढकाल, बासु भट्ट तथा नेकपा माओवादीका प्रदेश कमिटी सदस्य दिवसबाबु खडका रहेका छन् । उनीहरु आफ्नो सिंगो टीमसहित एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले महासचिव शंकर पोखरेल, प्रेम दोङसहितका नेताहरुले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा बोल्दै नेताहरुले मुलुकमा प्रचण्ड र बाबुराम नेतृत्वको पार्टीको औचित्य सकिएको भन्दै एमालेमा आएको बताए । माओवादी त्यागेका नेता खडकाले भने ‘एमालेबाहेकको कुनै पनि पार्टी मुलुक र जनताको हितमा काम गर्ने पार्टी रहने भन्ने अनुभुतिसहित एमालेमा प्रवेश गरेका छौं,’

सो अवसरमा उनिहरुले ‘नेकपा एमालेनै देशको मुख्य पार्टी हो भन्ने निश्कर्षमा पुगेर एमाले प्रवेश गरेका हौं,’ भने । उनिहरुले आफ्नो ब्यक्तिगत जीवन र नेपाली कम्युनिष्ट आन्दोलनको एउटा बिशेष दिन भएको र आजसम्म आइपुग्दा हासो र आँसुको बीचमा पनि एउटा बिकल्पको संकल्पसहित एमालेमा आएको बताए ।

‘म पूर्व नेकपा माओवादी केन्द्र गण्की प्रदेश कमिटी सदस्यको हैसियतमा थिएँ । माओवादीको पदीय हैसियत त्याग्दै आज नेकपा एमालेको सदस्य भएकोमा अ आफूलाई गौरावान्वित ठान्दछु,’ एमाले प्रवेशको क्रममा माओवादी नेता खडकाले भने, ‘माओवादी छाडनुको मुख्य कारण नै गुलामी स्वीकार गर्न नसक्नु हो ।

नेताको गुलामी गरेर म पार्टीको सदस्य भएको थिईंन । तर त्यो पार्टीमा नेताको गुलामी नगरी नहुने अवस्था सिर्जना भएको छ । त्यो पार्टी पूर्णत बिग्रिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को