काठमाडौं सोभाभगवतीमा तनहुँकी मियाँको हत्या, हत्यापछि शव तिन महिनासम्म खाटमुनी

Devghat Online

शेयर गरौ

काठमाडौं, माघ ७

काठमाडौं महानगरपालिका–१५, स्वयम्भुको शोभाभगवतीमा तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियाको हत्या भएको खुलेको छ । उनको हत्या गरि शव खाटमुनी लुकाएर अभियुक्त भागेर भारत पुगेका थिए । हत्यापछि भागेर भारत पुगेका भारतको बिहार दरभङ्गा घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा अभियुक्त अन्सारीलाई पक्राउ गरेको थियो । शोभाभगवतीस्थित सरिता गिरीको दुई तले घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका बेला स्थानीयको रोहबरमा धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो । त्यसपछि काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त, स्वयम्भुको टोलीले हत्याको घटनाको अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा उक्त शव तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियाको भएको यकिन भएको थियो । उनको साथमा अर्का एक जना पुरुष पनि बस्ने गरेको खुलेपछि खोजी गर्ने क्रममा उनी भारतसम्म पुगेको खुलेको थियो । काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलका अनुसार, हत्यापछि उनी भागेर बाहिर निस्किएको खुलेको छ ।

‘हत्यापछि वीरगञ्ज जाने सुमो चढेर गएको देखिन्छ, त्यसपछि रक्सौल, गुजरात, लखनउ हुँदै भारतको विभिन्न स्थानमा करिब २ महिनासम्म लुकिछिपी बसेको देखिन्छ’, उनले भने, ‘त्यसक्रममा उनी भारतमा रहे पनि आफ्ना साथीहरुको माध्यमबाट घटनाबारे निरन्तर सूचना लिइरहेका थिए ।’ प्रहरीका अनुसार, घटनाबारे कसैलाई जानकारी नभएको सोचेर उनी पुनः १०÷११ पुसतिर काठमाडौं आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए । त्यहीबेला खोजी गरिरहेको प्रहरीले उनलाई कालीमाटीबाट पक्राउ गरेको एसपी ढुंगेलले बताए ।

प्रहरीका अनुसार, इकरामुल हक पछिल्लो ८÷९ वर्षयता नेपालमा बस्दै आएका थिए । गार्मेन्टमा सिलाइको काम गर्दै आएका उनी एक वर्षदेखि मृतक सफिया मियासहित स्वयम्भुमा बस्दै आएका थिए । त्यसक्रममा करिब ३ महिनादेखि उनीहरुबीच बेलाबेला वादविवाद हुने गरेको खुलेको प्रहरीको भनाइ छ ।‘पछिल्लो समय इकरामले मदिरा सेवन गरेर दिनहुँ झगडा गर्ने गरेको खुलेको छ, त्यसपछि दुईबीचको सम्बन्धमा थप तिक्तता आएको थियो’, ढुंगेलले भने, ‘त्यसपछि कात्तिक महिनाको पहिलो हप्तातिर राति उनले मादक पदार्थ सेवन गरेर काठको आग्लोले हानेर सफिनालाई घाइते बनाएको देखिन्छ ।’

वादविवादका क्रममा शरीरको विभिन्न भागमा आग्लोले हानेर घाइते बनाएपछि बिहान अन्दाजी ३÷४ बजेतिर उनकै सलले बेरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । घटनापछि शवलाई खाटमुनि लुकाएर उनी ढोकामा ताला लगाएर चाबी बाहिर निस्किने बाटोको झ्यांङमा फ्याँकेर भागेका थिए । यस विषयमा थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती