आबुँखैरेनीका भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, माघ १४

आबुँखैरेनी गाउँपालिकाका भुमिहिन सुकुम्बासीलाई सोमबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । सोमबार दिउँसो गाउँपालिकाको प्राङ्गणमा कार्यक्रमको आयोजना गरि उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

राष्ट्रिय भूमि आयोग तनहुँले गत पुस २३ गते भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार पहिलो चरणमा आबुँखैरेनी गाउँपालिका–२ का १३ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न लागिएको आयोगले जनाएको छ ।

२०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलो पटक भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । आयोगको गत पुस २३ गतेको निर्णयअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार सोमबार आँबुखैरेनी गाउँपालिका–२ का १३ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न लागिएको हो ।

यस अगाडि गाउँपालिकाले निस्सा वितरण गरेका उक्त वडाका व्यक्तिहरुको जग्गा नापजाँच पश्चात् दाबी पुगेका १३ जनालाई जग्गा वितरण गर्न लागिएको अधिकारीले बताए । गाउँपालिकाबाट १६ जनाको नाम आए पनि तीनजनाको जग्गा देखिएकाले १३ लाई जग्गा वितरण गरिने अध्यक्ष अधिकारीले बताए ।

आवुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भव्य समारोहको विच १३ जना भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताए । उनले क्रमश सम्पुर्ण भुमिहिन सुकुम्बासी, दलित भुमिहिन र अव्यवस्थित बसोबासी हरुलाई भुमी ऐनको दायरामा रहि जगगधनी प्रमाणपुर्जा बितरण अभियान जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने