तनहुँमा सवारी दुर्घटना, एक युवकको मृत्यु

शेयर गरौ

तनहुँ,माघ-१५

तनहुँमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरथित पुरानो मेडिकल कलेज पुर्याइएको थियो । उनलाई अस्पतालमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशातर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म