जेसीजको प्रशिक्षण र योजना तर्जुमा कार्यशाला सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, माघ २१

देवघाटधाम जेसीज, गीतानगर जेसीज र गीतानगर जुनियर जेसीजको संयुक्त आयोजना शनिबार शाखा पदाधिकारी तालिम तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।

देवघाटधाम जेसीजका कोषाध्यक्ष जेसी अर्जुन सुवेदी संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य तिलबहादुर थापा तथा देवघाटधाम जेसीजको संस्थापक अध्यक्ष जेसी विकास सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा नेपाल जेसीज वर्ष २०१८ की राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी रश्मी शिल्पकार प्रमुख प्रशिक्षक रहेकी थिइन् । कार्यक्रममा देवघाटधाम जेसीजको अध्यक्ष जेसी रघु मल्लले स्वागत तथा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय महासचिव जेसी कृष्ण सापकोटाले सहजीकरण गरेका थिए ।

तालिममा देवघाटधाम जेसीज, गितानगर जेसीज र गितानगर जुनियर जेसीजका ४० जेसीज सदस्यहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल