व्यक्तिगत खर्चमा जिर्ण पाटी संरक्षण गर्दै घले

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

व्यास नपा–३ देउराली नगरको सेतीमादी घाटको उत्तरतर्फ संरक्षण विहिन अवस्थामा रहेको जिर्ण पाटी व्यास नपा–४ का आइतबहादुर घलेले व्यक्तिगत खर्चमा पुननिर्माण र जिर्णाेद्वार गरेका छन् । स्थानीय तहको आँखामा पर्न नसकेको कलात्मक पाटी घलेले व्यक्तिगत खर्चमा जिर्णाेद्वार गरेका हुन् ।

दमौलीघाट जाने बाटोको छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा रहेको उक्त पाटी आफुले व्यक्तिगत खर्चमा संरक्षण र जिर्णाेद्वार गरेको घलेले बताए । उक्त पार्टी जिर्णाेद्वारमा ८१ हजार ६ सय रुपैयाँ खर्च भएको घलेले जानकारी दिए ।

उक्त पाटी वि.सं २००७ मा निर्माण भएको बताईएको छ । संरक्षणको अभावमा जिर्ण हुँदै गएको उक्त पाटीको मर्मत सम्भार गरि हेर्न र बस्न लायक बनाएको घलेले बताए । सम्पदाका रूपमा रहेका पाटीपौवा र ठाँटी उचित संरक्षण अभावमा लोप हुँदै गएका छन् ।

इतिहास मेटिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ भन्ने सोचका साथ आफू यसको संरक्षणमा जुटेको घलेले बताए । सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई पाटीको संरक्षण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि आफ्नो व्यक्तिगत खर्चमा मर्मत सम्भार गरेको उनले बताए ।

स्थानीय तह र स्थानीय टोल विकास संस्थाबाट स्वीकृति लिएर मर्मत सम्भार गरेको उनले बताए । करिब एक साताको अवधिमा उक्त जीर्ण बनेको पाटीलाई हेर्न लायकको बनाएको घलेले बताए । पाटीमा रहेका पुराना संरचना र कलालाई नबिगारीकन मर्मत सम्भार गरिएको उनले बताए । घले राष्ट्रिय प्रजातन्त्र पार्टीको व्यास नगर समितिका सभापती हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड