तनहुँका तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा गरियो कालोपत्रे

शेयर गरौ

तनहुँ,माघ २२

 जिल्लाका तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । व्यास नगरपालिका-५ मानुङकोट, म्याग्दे गाउँपालिका-१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्र गरिएको हो । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमाना रहेको यो मार्ग भीमाद नगरपालिका क्षेत्रमा जोडिएको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत कृषि पर्यटनका लागि  सो मार्ग निर्माण गरिएको हो ।

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुईसय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। ठेक्का सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरी लक्ष्य अगावै कालोपत्र गरिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले जानकारी दिए । मङ्लादेवी सुवास कन्ट्रक्सन कम्पनीले विसं २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि रु.चार करोड ४३ लाख ४० हजार पाँच सय २८ मा ठेक्का सम्झौता गरेको थियो ।

उक्त मार्गले तीन पालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र अन्तिम भुक्तानी प्रदान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए । त्यसैगरी व्यास नगरपालिका-११ मा एक हजार सात सय मिटर लामो बाराही- रानीमार्ग आठ महिनाअघि कालोपत्र गरिएको थियो । उक्त दुवै योजना क्रमश : आठ महिना र चार महिना अघि सकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मंगलादेवी सुवास कन्ट्रक्सन कम्पनीले विस २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि चार करोड ४३ लाख ४० हजार पाँच २८ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म