दमौली, माघ २२
राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले नगरका १४ वटै वडामा सभापतीहरु तोकेको छ । रास्वपा व्यास नगर समितिको सोमबार बसेको पहिलो बैठकले नगरभित्रका सबै वडामा सभापतीहरु तोकेको नगर सभापती चुडामणी दाहालले जानकारी दिए ।



दाहालका अनुसार वडा नम्बर १ मा कोमल बहादुर जिसी, वडा नम्बर २ मा गौरी शंकर थापा मगर, वडा नम्बर ३ मा करुण राज काफ्ले, वडा नम्बर ४ क्या. गोपाल गुरुङ, वडा नम्बर ५ मा दिनेश खनाल, वडा नम्बर ६ मा नगेन्द्र शर्मा ढुङ्गाना, वडा नम्बर ७ मा रोशन परियार सभापती चयन भएका छन् ।
त्यसैगरि वडा नम्बर ८ मा सुर्यचन्द्र लम्साल, वडा नम्बर ९ मा सुवर्णभद्र आचार्य, वडा नम्बर १० मा पदम बहादुर दरै, वडा नम्बर ११ मा सुशिल पौडेल, वडा नम्बर १२ मा बद्रीनाथ न्यौपाने, वडा नम्बर १३ मा मन्जु विक र वडा नम्बर १४ मा पुण्यप्रसाद भट्टराई वडा सभापतीमा चयन भएका छन् ।
त्यसैगरि पाँच सदस्यिय नगर सल्लाहाकार समिति पनि गठन गरिएको छ । सल्लाहारमा गंगा बहादुर जिसी, भिमलाल विक, एकराज तिवारी, झलकराज पौडेल, बुद्धि कुमार श्रेष्ठ रहेका छन् । त्यसैगरि नगर संगठन विभाग प्रमुखमा सुर्जबहादुर केसी तथा सदस्यहरुमा कृष्णभद्र आचार्य, कृष्ण कार्की, बलबहादुर विक र रुद्र बहादुर कुँवर क्षेत्री चयन भएका छन् ।
रास्वपाको गत शनिबार भएको प्रथम नगर अधिवेशनबाट चुणमणी दाहाल सभापतीमा निर्वाचित भएका थिए ।