प्रेस चौतारी क्रियाशील पुरस्कार न्यौपानेलाई

Devghat Online

शेयर गरौ

दमौली, माघ २२

प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित क्रियाशील पत्रकारिता पत्रकार यस वर्ष पत्रकार कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा शाखाको सोमबार बसेको बैठकले न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुने कार्यक्रममा प्रदान गर्ने निर्णय भएको शाखा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । पुरस्कारको राशी रु. दश हजार रहेको छ ।

पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस चौतारी तनहुँका उपाध्यक्ष न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक तथा लोकवाणी दैनिकका बरिष्ठ संवाददाता हुन् । न्यौपाने राष्ट्रिय समाचार समिति (रासस) मा पनि कार्यरत छन् ।

प्रेस चौतारी तनहुँले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसअघि उक्त पुरस्कारबाट बरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्षहरु प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का तथा बसन्ती बास्तोला पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरका विभिन्न योजनामा बजेट माग्दै अध्यक्षको टोली मन्त्रालयमा

तनहुँ । चैत १३ बन्दीपुर गाउँपालिकाका विभिन्न योजनामा बजेट माग्दै गाउँपालिकाका अध्यक्षको टोली काठमाडौंका विभिन्न

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक