दमौली, माघ २२
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी तनहुँ शाखाले सोमबार जेष्ठ नागरिक चौतारी बृद्धाश्रममा फलफुल वितरण गरेको छ ।
चौतारीको स्थापनाको दिवसको अवसरमा व्यास नपा–५ स्थित राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा सन्चालित जेष्ठ नागरिक आश्रममा फलफुल वितरण गरिएको प्रेस चौतारी तनहुुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविले जानकारी दिए ।
प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविको अध्यक्षतामा सम्पन्न सो अवसरमा प्रेस चौतारी तनहुँका पुर्व अध्यक्षहरु त्रिभुवन श्रेष्ठ, नारायण खड्का, प्रदेश कमिटि सदस्य मदन तिमिल्सेना लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन प्रेस चौतारी तनहुँका सचिव ऋषिकान्त दुवाडीले गरेका थिए ।