दमौली, माघ २२
तनहुँका टोल टोलमा समुदायमा काँग्रेस अभियान सन्चालन भईरहेको छ । गत माघ १६ गते शहिद दिवसको अवसर पारेर सन्चालित उक्त अभियान अन्तर्गत अहिले तनहुँका विभिन्न वडा र टोल स्तरमा विभिन्न कार्यक्रम भईरहेको काँग्रेस तनहुँले जनाएको छ । समुदायमा काँग्रेस अभियान सन्चालनकोलागि काँग्रेसका सबै जिल्ला कार्य समितिलाई विभिन्न वडाको संयोजकको रुपमा तोकिएको नेपाली काँग्रेस तनहुँका प्रवक्ता हरिप्रसाद वाग्लेले बताए ।
नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्णय एंव निर्देशनमा समुदायसँग काँग्रेस कार्यक्रमको सन्चालन गरिएको हो । जिल्लाव्यापी रुपमा भईरहेको समुदायमा काँग्रेस अभियानलाई तल्लो तहसम्म पु¥याई स्थानीय समुदायसँग अन्तरसंम्वादका माध्यामबाट छलफल, परामर्श गरी सुझावहरु संकलन गरिने प्रवक्ता वाग्लेले बताए ।
उक्त अभिययानमा पार्टीका सबै तहका सदस्य तथा शुभचिन्तकहरुलाई सकृयतापूर्वक सहभागी भई पार्टीलाई आवश्यक एंव महत्वपूर्ण सु्झावहरु दिन काँग्रेस तनहुँले अनुरोध गरेको छ । उक्त अभियान अन्तर्गत सबै वडा तहमा कार्यक्रम हुने काँग्रेसले जनाएको छ । माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा मात्रै सुन्नेछन् । भियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेता समेत खटाइएका छन् ।
सोही अभियान अन्तर्गत सोमबार बिहान ब्यास नगरपालिका–३ को शान्तिनगर टोलमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा समुदायमा काँग्रेस अभियानका तनहुँ जिल्लाका अभियान संयोजक अबदुल सतार मियाँको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली काँग्रेस वडा नम्बर ३ का सभापति अनुप रानाको सभापतित्वमा भएको सो कार्यक्रममा काँग्रेस तनहुँका निबर्तमान सभापति बैकुण्ठ न्यौपाने, गण्डकी प्रदेश समितिका सदस्य शान्तिरमण वाग्ले, महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, जिल्ला सचिव लक्ष्मीभक्त खनाल, क्षेत्रीय सचिव दयानिधि नराल, व्यास नगर सभापति सुर्यचन्द्र हडखले, वडा नम्बर ३ का अभियान संयोजक संयोजक एवं काँग्रेस जिल्ला सदस्य सृजना तिवारी, उपसंयोजक सेफ रफत हनिफ मियाँ लगायतले समुदायमा काँग्रेस अभियानको महत्वको बारेमा मन्तव्य राखेको कार्यक्रम संयोजक एवं नेपाली काँग्रेस जिल्ला सदस्य सृजना तिवारीले जानकारी दिईन् ।