विस्फोटन सम्बन्धी मुद्धामा विप्लव समुहका नेताहरुले पाए अदालतबाट सफाई

Devghat Online

शेयर गरौ

घिरिङका थापालाई भने १५ दिन कैद र पाँच हजार जरिवाना

दमौली, माघ २४

तनहुँ जिल्ला अदालतले विस्फोटक पदार्थ र अपराधिक उपद्रब सम्बन्धी मुद्धामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्र र जिल्ला स्तरका ११ जना कार्यकर्तालाई सफाई दिएको छ ।

जिल्ला न्यायधीश कमलराज विष्टको इजलासले मंगलबार सो मुद्धामा अन्तिम फैसला गर्दै प्रहरी प्रतिबेदनको आधारमा जिल्ला अदालतमा मुद्धा चलाईएका व्यास नपा–६ श्याम्घा घर भएकी नेकपा विप्लव समुहकी केन्द्रीय सदस्य सावित्री दुरा, सो पार्टीका केन्द्रीय सदस्य ऋषिङ गाउँपालिका–५ का डम्बरबहादुर विक, रोल्पा जिल्ला घर भएका तनहुँ जिल्ला इन्चार्ज पुर्णजित पुन (उभार), ऋषिङ गाउँपालिका–५ का विनोद विक (निशान), ऋषिङ गाउँपालिका–५ का नविन विक (रक्षक), व्यास नपा–१ घर भएकी अखिल क्रान्तिकारीकी ममता रुचाल, ऋषिङ गाउँपालिका–५ का राजु विक (एटम), स्याङजा पुतलीबजार नपा १३ का श्यामप्रसाद अर्याल, ऋषिङ गाउँपालिका–१ का दशरथ विक, व्यास नपा–१ का ओमराज पन्त, स्याङजा पुतलीबजार नपा–१३ का शेर अली मियाँलाई सफाई दिएको हो ।

२०७६ साउन १५ गते घिरिङ गाउँपालिका–२ घुर्लीछापमा रहेको एनसेलको टावरमा भएको आगजनी र विस्फोटनको घटनामा संलग्न भएको आरोपमा विप्लव समुहका केन्द्र र जिल्ला स्तरका गरि १२ जना कार्यकर्ता विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत २०७६ भदौ ११ गते जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । सोही मुद्धामा जिल्ला अदालतले मंगलबार अन्तिम फैसला गर्दै १२ जना मध्ये ११ जनालाई सफाई दिएको अदालतका फाँटवाला कृष्णप्रसाद गौतमले जानकारी दिए ।

सो घटनामा संलग्न भएको आरोप लागेका घिरिङ गाउँपालिका–२ घुर्लीछापका धनबहादुर थापालाई भने अदालतले १५ दिन कैद सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । एनसेल टावरमा भएको आगजनी पछि प्रहरीले थापालाई २०७६ साउन १८ गते घरबाटै पक्राउ गरेको थियो । सो क्रममा प्रहरीले उनको घरबाट केही परिमाणको विस्फोटक पदार्थ समेत बरामद गरेको प्रहरीले जनाएको थियो । थापा जिल्ला अदालतको आदेशमा २०८० भदौ २४ गते पाँच हजार धरौटीमा रिहा भएका थिए ।

अदालतबाट दोषी ठहर भएपनि थापा गिरफ्तार पश्चात १५ दिन भन्दा बढि प्रहरी हिरासतमा बसिकेको हुँदा अब उनले थप थुनामा बस्नु नपर्ने र जरिवाना वापत तोकिएको रकम पनि पहिले नै धरौटी वापत बुझाईसकेको हुँदा अव थप जरिवाना पनि बुझाउनु नपर्ने फाँटवाला गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर