दाताको भरमा देवघाटको बृद्धाश्रम, संघ, प्रदेश र स्थानीय सरकारबाट छैन कुनै पनि सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, माघ २६

तिनवटै तहका सरकारबाट बजेट उपलब्ध नहुँदा तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रम दाताको भरमा सञ्चालन भईरहेको छ ।

देवघाट क्षेत्र विकास समिति मातहतको उक्त बृद्धाश्रम सञ्चालनको लागि चालु आर्थिक वर्षमा कुनै पनि तहको सरकारले बजेट उपलब्ध नगराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं बृद्धाश्रमका अध्यक्ष सदन बरालले बताए । सरकारले बजेट उपलब्ध नगराउँदा बृद्धाश्रम सञ्चालन गर्न कठिनाई भइरहेको बृद्धाश्रमका अध्यक्ष बरालले बताए ।

सरकारबाट बजेट प्राप्त नहुँदा बृद्धाश्रम सञ्चालन गर्न दाताहरूलाई गुहार्नु परेको बरालले बताए । चालु आर्थिक वर्षमा गन्डकी प्रदेश सरकारले भान्साकोठा निर्माणकोलागि भने ७ लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यबाहेक अन्य कुनै पनि आर्थिक सहयोग र अनुदान प्राप्त नभएको बरालले बताए ।

उक्त बृद्धाश्रममा १७ पुरूष सहित ३२ जना बृद्धबृद्धा आश्रित छन् । अधिकांश दाताहरूले जन्मदिन, पितृहरूको पुण्यतिथी, वैवाहिक वार्षिकोत्सव या अन्य कुनै दिनका अवसर पारेर बृद्धबृद्धालाई खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइरहेको बृद्धाश्रमकी व्यवस्थापक दिलमाया सापकोटाले बताइन् । उनका अनुसार चालु आर्थिक वर्षमा बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न, लत्ताकपडा, फलफुल सबै दाताहरूले नै उपलब्ध गराइरहेको आश्रमले जनाएको छ ।

देवघाट क्षेत्र विकास समिति संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत रहेपनि बृद्धाश्रम भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत सञ्चालित छ । बृद्धाश्रममा आश्रित बृद्धबृद्धाको खानपिन तथा अन्य कार्यका लागि बजेट उपलब्ध नभएपनि आश्रममा कार्यरत व्यवस्थापक, भान्से र सहयोगी सहितको कर्मचारीको लागि मासिक पारिश्रामिक भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विनियोजन भईरहेको छ । आश्रममा १ जना व्यवस्थापक, २ जना भान्से, २ जना सुसारे र १ जना चौकीदार गरि ६ जना कर्मचारी रहेका छन् ।

कुनै दाताहरूले बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई खाना खुवाउन चाहेमा अग्रिम नाम दर्ता गराउनु पर्ने व्यवस्थापक सापकोटाले बताइन् । ३२ जना बृद्धबृद्धाका लागि एक छाक दाल, भात, पनिरको तरकारी साथमा दुध, दही सहितको सादा खाना खुवाउन चाहेमा ८ हजार तथा दाल भात र सादा तरकारीको खानाको लागि ४५ सय रुपियाँ तोकिएको सापकोटाले जानकारी दिइन् ।

अधिकांश दाताले समितिले तोकेको रकम उपलब्ध गराउँछन् भने केहीले आफैँले खाना र फलफुल ल्याएर उपलब्ध गराउने गरेको सापकोटाले जानकारी दिइन् । सरकारले चालु आर्थिक वर्षमा सन्चालन बजेट नदिँदा खर्च विहीन भएको समितिले यस आर्थिक वर्षको पुरै ३ सय ६५ दिनको लागि नै दाता खोज्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक बरालले बताए ।

यसको लागि विभिन्न व्यवसायी र समाजसेवीहरूलाई अनुरोध गरिएको समितिले जनाएको छ । हालसम्म देवघाट सहित चितवन भरतपुर, नवलपरासी गैँडाकोट, मुग्लिन र दमौलीका समाजसेवीहरूले बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न उपलब्ध गराउँदै आएको घिमिरेको भनाई छ ।

उक्त बृद्धाश्रममा रहेका सबै बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् । अधिकांश बृद्धबृद्धाको नाममा सिद्धार्थ बैंक देवघाट शाखामा रहेको खाता मार्फत सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् भने केहीको भने नारयणगढ स्थित विभिन्न बैंक मार्फत भत्ता बुझ्दै आएका छन् । सबै बृद्धबृद्धाले आफ्नो सामाजिक सुरक्षा भत्ता आफ्नै इच्छा अनुसार खर्च गर्न पाउने छन् । उनीहरु बिरामी हुँदा भने लागेको खर्च सम्बन्धित व्यक्तिको रकमबाट नै खर्च गरिने व्यवस्थापक सापकोटाले बताइन् ।

बृद्धबृद्धा सामान्य विरामी हुँदा देवघाट स्थित धर्मार्थ अस्पतालमा उपचार गर्ने र अलि जटिल विरामी भएमा भरतपुर अस्पताल र अन्य नीजि अस्पतालमा लगेर उपचार गरिने सापकोटाले बताइन् ।

लोकवाणी दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म