विश्व रेडियो दिवसमा बृद्धाश्रमलाई रेडियो प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १

विश्व रेडियो दिवसको अवसरमा देवघाटबाट सन्चालित सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्जले मंगलबार देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रमलाई एक थान रेडियो प्रदान गरेको छ ।

रेडियोका महासचिव निरन्जन हाडा र व्यवस्थापक गोपाल चन्द्र न्यौपानेले बृद्धाश्रमकी व्यवस्थापक दिलमाया सापकोटालाई उक्त रेडियो हस्तान्तरण गरेका थिए ।

वृद्धाश्रममा रहनुहुने वृद्ध बुवा आमाहरुलाई विहान समाचार, भजन तथा अन्य गतिविधि सुन्न सहज होस् भन्ने हेतुले रेडियो दिवसको अवसर पारेर एक थान रेडियो प्रदान गरिएको रेडियो देवघाटका व्यवस्थापक गोपाल चन्द्र न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल