देवघाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न, बैशाख १ गतेबाट नयाँ भवनबाट सेवा दिइने

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १

देवघाट गाउँपालिका–५ को क्युँदीमा निर्माणाधिन देवघाट गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य पुरा भएको छ ।

क्युँदीमा २५ रोपनी क्षेत्रफलको जग्गामा २०७६ असारबाट भवन निर्माण सुरु गरिएको थियो । सुरुमा २ वर्षको लागि निर्माण सम्झौता गरिएको उक्त भवनको प्रत्येक पटक ६ महिनाको म्याद थप्दै यही माघ मसान्त अन्तिम मिति तोकिएको थियो । अन्तिम पटक तोकिएको म्याद सोमबार माघ मसान्तमा सकिएको देवघाट गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले बताए ।

निर्माण कम्पनीले अन्तिम पटक थपिएको म्याद भित्र नै निर्माण सम्पन्न गरेको ढुङ्गानाले बताए । अब दुई–दिन भित्रैमा उक्त भवनको चावी निर्माण कम्पनीले गाउँपालिकालाई बुझाउने ढुङ्गानाले बताए । गाउँपालिकालाई उक्त भवन हस्तान्तरण गरेपछि फागुन र चैत महिना भर आन्तरिक सजावट तथा व्यवस्थापनको काम सकाएर आगामी २०८१ बैशाख १ गतेबाट उक्त नयाँ भवनबाट गाउँपालिकाको सेवा सुरु गरिने गाउँपालिकाले जनाएको छ । यही बिचमा लिफ्ट समेत जडान गरिने ढुङ्गानाले बताए ।

कुल सात करोड ५० लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागत इस्टमेट रहेपनि टेन्डर प्रक्रिया मार्फत काठमाडौं स्थित रविना अविसा जेभीसँग ५ करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

बहुवर्षीय योजनाको सो भवन निर्माणकोलालगि हालसम्म गन्डकी प्रदेश सरकारले तिन वर्षमा ५०÷५० लाखको दरले डेढ लाख उपलब्ध गराएको छ भने बाँकी रकम गाउँपालिका आफैले व्यवस्थापन गरेको इन्जिनियर ढुङ्गानाले जानकारी दिए । संघीय सरकारले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको भएपनि हालसम्म कुनै रकम प्राप्त नभएको उनले बताए । दुई वर्षमा सक्ने गरि उक्त प्रशासकीय भवन निर्माण कार्य सुरु गरिएपनि विचमा कोभिड १९ तथा बजेटको समेत अभाव भएपछि निर्माण अवधि लम्बिएको थियो ।

तिन तले सो भवनको क्षेत्रफल ५ हजार २ सय बर्गफुट रहेको छ । सो भवन भित्र २ सय जना अट्ने सभाहल समेत रहेको छ । आफ्नै भवन नहुँदा गाउँपालिका धर्मशालाको भवनमा भाडामा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको