त्रिभुवन मावि र राष्ट्रिय माविको वार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, फागुन ३

भानु नपा–११ स्थित त्रिभुवन मावि मानेचौका र राष्ट्रिय मावि मायाखुको बार्षिकोत्सव बुधबार सम्पन्न भयो ।

त्रिभुवन मावि मानेचौकाको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु नपा–११ का वडा अध्यक्ष विमलराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्ले, संयुक्त राष्ट्र संघका लागि नेपालका पुर्व स्थायी प्रतिनिधि प्रा डा. जयराज आचार्य, भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल र वडा नम्बर १० का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती लगायत अतिथीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा विद्यालयका प्रअ हिरामणी ढुङ्गानाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले पिटी तथा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक कलाकारद्वय अस्मिता डल्लाकोटी र रेशम निर्दोषबाट सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

उक्त विद्यालय भानु नगरपालिकाकै शैक्षिक धरोहर र सबैभन्दा स्रोतपुर्ण (भौतिक पुर्वाधार, जनशक्ति व्यवस्थापन, अक्षयकोष र बालबालिकालाई अवसर) विद्यालयको रूपमा रहेको विद्यालयको रुपमा चिनिन्छ । विद्यालयले कक्षा १–१२, प्राविधिक शिक्षालय, पढ्दै कमाउदै कार्यक्रम, युवा उद्यम विकास कार्यक्रम लगायत बहु कार्यक्रम सञ्चालन गरेको छ । उक्त विद्यालष्मा विभिन्न २० वटा छात्रवृत्ति अक्षयकोषमा ३० लाख भन्दा बढी रकम रहेको विद्यालयले जनाएको छ ।

यसैगरि भानु नपा–११ मायाखु स्थित राष्ट्रिय माविको ६१ औं वार्षिकोत्सव तथा २५ औं अभिभावक दिवस कार्यक्रम पनि बुधवार नै सम्पन्न भएको छ । विव्यस अध्यक्ष अजय थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भानु नगर प्रमुख आनन्दराज त्रिपाठी, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, साहित्यकार डिल्लीराम मिश्र तथा सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा विद्यालयका प्रअ देवेन्द्र थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले पिटी तथा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक