जन्मदिनमा पन्डितले गरे विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

Devghat Online

शेयर गरौ

दमौली, फागुन ३

युवा व्यवसायी उपेन्द्र पण्डितले तनहुँ स्थित जलदेवी सामुदायिक बिधालयका विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो जन्मदिनको मनाएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगर निवासी उपेन्द्र पण्डितले आफ्नो पुर्खयौली थलो तनहुँको रतनपुर पुगेर त्यहाँ स्थित एक विद्यालयका विद्यार्थीहरुलाइ सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

उवासंघ चितवनका कार्य समिति सदस्य समेत रहेका व्यवसायी पण्डितले भानु नगरपालिका वडा नम्बर १२ स्थित राष्ट्रिय जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालय पोशाक, शैक्षिक सामाग्री, सरसफाइका सामाग्री र विद्यालयलाई आवश्यक नक्सा, ग्लोब जस्ता सामाग्रीहरु आफ्ना माता पिता, श्रीमती र छोराछोरीसहित हस्तान्तरण गरेबा थिए ।

सो विद्यालयमा ३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । ती विद्यार्थीलाई एक वर्षलाई पुग्ने शैक्षिक र सरसफाईका सामाग्रीहरु वितरण गरेको पण्डितले बताए । यससंगै विद्यार्थीलाई खाजाका लागि विस्कुट लगायतका खाद्य सामाग्री पनि प्रदान गरेका थिए । पण्डितले विद्यालयका प्रध्यानाध्यापक रिना गुरुङ्लाई ग्लोब, नक्सा लगायतका शैक्षिक सामाग्री समेत प्रदान गरेका थिए ।

पण्डित हालै मात्रै उद्योग वाणिज्य संघ चितवनको सदस्यमा निर्वाचित भएका थियो । उनले भने ‘मैले आफ्नो जन्मदिनमा फजुल खर्च घटाएर आफ्नो पुर्खयौली थलोका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको हुँ ।’ विद्यालयका प्रध्यानाध्यापक गुरुङ्ले विद्यार्थी र विद्यालयलाई अत्यावश्यक सामाग्रीहरु वितरण गरेर निकै सहयोग पुगेको बताए । सक्नेले आफ्नो जन्मदिन यसरी नै मनाएमा विपन्नलाई सहयोग पुग्ने उनको भनाई छ ।

यसैगरि सोही अवसरमा पण्डितले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि अध्यक्ष सुवास पण्डितलाई नगद २५ हजार रुपैया सहयोग रकम समेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण