दमौली, फागुन ३
युवा व्यवसायी उपेन्द्र पण्डितले तनहुँ स्थित जलदेवी सामुदायिक बिधालयका विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो जन्मदिनको मनाएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगर निवासी उपेन्द्र पण्डितले आफ्नो पुर्खयौली थलो तनहुँको रतनपुर पुगेर त्यहाँ स्थित एक विद्यालयका विद्यार्थीहरुलाइ सो सामाग्री हस्तान्तरण गरेका हुन् ।
उवासंघ चितवनका कार्य समिति सदस्य समेत रहेका व्यवसायी पण्डितले भानु नगरपालिका वडा नम्बर १२ स्थित राष्ट्रिय जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालय पोशाक, शैक्षिक सामाग्री, सरसफाइका सामाग्री र विद्यालयलाई आवश्यक नक्सा, ग्लोब जस्ता सामाग्रीहरु आफ्ना माता पिता, श्रीमती र छोराछोरीसहित हस्तान्तरण गरेबा थिए ।
सो विद्यालयमा ३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । ती विद्यार्थीलाई एक वर्षलाई पुग्ने शैक्षिक र सरसफाईका सामाग्रीहरु वितरण गरेको पण्डितले बताए । यससंगै विद्यार्थीलाई खाजाका लागि विस्कुट लगायतका खाद्य सामाग्री पनि प्रदान गरेका थिए । पण्डितले विद्यालयका प्रध्यानाध्यापक रिना गुरुङ्लाई ग्लोब, नक्सा लगायतका शैक्षिक सामाग्री समेत प्रदान गरेका थिए ।
पण्डित हालै मात्रै उद्योग वाणिज्य संघ चितवनको सदस्यमा निर्वाचित भएका थियो । उनले भने ‘मैले आफ्नो जन्मदिनमा फजुल खर्च घटाएर आफ्नो पुर्खयौली थलोका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको हुँ ।’ विद्यालयका प्रध्यानाध्यापक गुरुङ्ले विद्यार्थी र विद्यालयलाई अत्यावश्यक सामाग्रीहरु वितरण गरेर निकै सहयोग पुगेको बताए । सक्नेले आफ्नो जन्मदिन यसरी नै मनाएमा विपन्नलाई सहयोग पुग्ने उनको भनाई छ ।
यसैगरि सोही अवसरमा पण्डितले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि अध्यक्ष सुवास पण्डितलाई नगद २५ हजार रुपैया सहयोग रकम समेत हस्तान्तरण गरेका थिए ।