मकर स्नान महोत्सवको समिक्षा तथा आम्दानी खर्च सार्वजानिक

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ३

सीताराम संस्कृत माध्यमिक देवघाटधाम चितवन द्वारा विद्यालयको सर्वाङ्गीण विकास र अक्ष्यकोष स्थापनार्थ गत पौष २७ देखी माघ २ गतेसम्म देवघाटमा सन्चालन गरिएको श्रीमद् भागवत महायज्ञ तथा मकरस्नान महोत्सव–२०८० को समिक्षा एवं आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने उद्देश्यले आयोजित बैठक विहिबार सम्पन्न भयो ।

महोत्सवका संयोजक एवं विद्यालयका पुर्व प्रअ हरि प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दशरण सिग्देल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष होमबहादुर भारती, दधिराम सापकोटा, विद्यालयका प्रअ पोदराज पौडेल, पुर्व प्रअ मिलन घिमिरे, आर्थिक संकलन समितिका संयोजक रोशन श्रेष्ठ लगायतले महायज्ञ तथा मकर स्नान महोत्सव सफल पार्न सहयोग गर्नु हुने सबैमा धन्यवाद दिएका थिए ।

विद्यालयका अनुसार महायज्ञमा ५१ लख ४ हजार ८९७ रुपैयाँ आम्दानी भएकोमा कुल खर्च १२ लाख १६ हजार २३२ भएको थियो । खर्च कटाएर जम्मा बचत ३८ लाख ८८ हजार ६६५ रुपैयाँ भएको आर्थिक संयोजक श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रममा विद्यालयका प्रअ पोदराज पौडेलले स्वागत एवं अध्यक्ष मुकुन्दशरण सिग्देल धन्यवाद मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन एवं सहजीकरण विद्यालयका सहायक प्रअ अर्जुन पाण्डेयले गरेका थिए ।

उक्त महोत्सवमा कार्यक्रम केहि कमजोरीका बाबजुद समग्र रुपमा सफल भएको समिक्षा गरिएको थियो । सो अवसरमा महोत्सव सफल पार्न सक्रियताका साथ लाग्ने विद्यालय परिवारका सदस्य, महोत्सव समिति तथा उपसमितिका संयोजक एवं सदस्य तथा अन्य विशिष्टजन एवं संचारकर्मीहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न