अन्तर विद्यालय छात्र छात्रा बास्केटबल प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

हैरान्स क्लव दमौलीको आयोजनामा दमौलीमा विहिबारबाट दोस्रो अन्तर विद्यालय छात्र–छात्रा बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

उक्त प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । सो कार्यक्रममा बोल्दै प्रमुख न्यौपानेले स्वास्थ्यका लागि खेलकुँद अपरिहार्य रहेको चर्चा गर्दै नगरपालिकाले पनि खेलकुदमा लगानी गर्ने बताए ।
क्लवका अध्यक्ष रविन पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनुप राना, नेपाल कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मणिराज थापा, बास्केटबल संघ तनहुँका अध्यक्ष भुवन गोशली, ब्यास नपा–२ का वडा सदस्य सुरेश वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

बास्केट बलका राष्ट्रिय खेलाडी उत्पादन गर्न टेवा पु¥याउने तथा युवाहरुमा खेलप्रति मोह जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले बताए ।

प्रतियोगितामा छात्र तर्फ ८, छात्रा तर्फ ३ गरी ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा छात्रतर्फ प्रथम हुनेलाई रनिङशिल्ड सहित नगद १० हजार, सिल्ड, मेडल र प्रमाणपत्र तथा द्वितीय हुने टिमलाई ५ हजार नगर सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यसै गरि छात्रातर्फ प्रथम हुनेलाई रनिङशिल्ड, नगद ७ हजार ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुने टिमलाई ४ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव अशोक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित