एमाले जिल्ला अधिवेशनमा प्यानल नबनाउन ‘हाइ कमाण्ड’ को निर्देशन

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन ९

नेकपा एमालेले जिल्ला अधिवेशनमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक कामको समीक्षासम्बन्धी प्रतिवेदन तथा प्रस्तावमा प्यानल बनाउन निषेध गरिएको हो ।

महासचिव पोखरेल महाविधेशन पार्टीको विधान गर्नुपर्ने निर्देशनसहित अधिवेशनको प्रतिनिधि, अध्यक्ष मण्डल, अधिवेशनले पारित गर्नुपर्ने विषय, जिल्ला कमिटीको उम्मेदवारको मापदण्डको समेत तोकेका छन् ।

विधान अनुसार जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन कम्तीमा पार्टी सदस्य भएको ५ वर्ष पुगेको र एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सो सरह भूमिका निर्वाह गरेको हुनुपर्ने, जिल्ला कमिटीको सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको ३ वर्ष समयावधि पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने र सबै तहका जनप्रतिनिधि कुनै पदमा उम्मेदवार दिन नपाउने मापदण्ड तोकेको छ ।

यस्तै, अध्यक्ष मण्डल र निर्वाचन कमिटीका कुनै पनि सदस्यले अधिवेशनको हकलाई अनुचित प्रभाव पार्नेगरी कुनै गतिविधि नगर्न, प्यानल बनाउन नहुने, पदाधिकारी वा सदस्यहरुको व्यक्तिगतरूपमा उम्मेदवारी दिने व्यक्तिगतरूपमै आफ्नो पक्षमा प्रचार गर्नुपर्ने उल्लेख छ । जिल्ला अधिवेशनमा पार्टीको विधिविपरीत गतिविधि हुन थालेपछि हाइ कमाण्डबाटै मापदण्ड तोकेर कडाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवद्र्धन कार्यक्रम सम्पन्न

तनहुँ । जेठ १८ प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँको आयोजनामा स्तनपान गराउने आमाहरूका लागि मातृ–शिशु स्वास्थ्य

म्याग्दे र गुल्मीको चन्द्रकोट गाउँपालिकाविच असल अभ्यास सम्बन्धि अनुभव आदान प्रदान

तनहुँ । जेठ १८ तनहुँको म्याग्दे गाउँपालिका र गुल्मीको चन्द्रकोट गाउँपालिका विच पालिकाको असल अभ्यास