एमाले जिल्ला अधिवेशनमा प्यानल नबनाउन ‘हाइ कमाण्ड’ को निर्देशन

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन ९

नेकपा एमालेले जिल्ला अधिवेशनमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक कामको समीक्षासम्बन्धी प्रतिवेदन तथा प्रस्तावमा प्यानल बनाउन निषेध गरिएको हो ।

महासचिव पोखरेल महाविधेशन पार्टीको विधान गर्नुपर्ने निर्देशनसहित अधिवेशनको प्रतिनिधि, अध्यक्ष मण्डल, अधिवेशनले पारित गर्नुपर्ने विषय, जिल्ला कमिटीको उम्मेदवारको मापदण्डको समेत तोकेका छन् ।

विधान अनुसार जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन कम्तीमा पार्टी सदस्य भएको ५ वर्ष पुगेको र एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सो सरह भूमिका निर्वाह गरेको हुनुपर्ने, जिल्ला कमिटीको सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको ३ वर्ष समयावधि पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने र सबै तहका जनप्रतिनिधि कुनै पदमा उम्मेदवार दिन नपाउने मापदण्ड तोकेको छ ।

यस्तै, अध्यक्ष मण्डल र निर्वाचन कमिटीका कुनै पनि सदस्यले अधिवेशनको हकलाई अनुचित प्रभाव पार्नेगरी कुनै गतिविधि नगर्न, प्यानल बनाउन नहुने, पदाधिकारी वा सदस्यहरुको व्यक्तिगतरूपमा उम्मेदवारी दिने व्यक्तिगतरूपमै आफ्नो पक्षमा प्रचार गर्नुपर्ने उल्लेख छ । जिल्ला अधिवेशनमा पार्टीको विधिविपरीत गतिविधि हुन थालेपछि हाइ कमाण्डबाटै मापदण्ड तोकेर कडाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती