गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि एक करोड ७५ लाख रकम संकलन

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ९

देवघाटधाम स्थित गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौंमा आयोजित श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम संकलन भएको छ । गुरुकुलको अक्षयकोष स्थापनाकालागि काठमाडौँको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा गत फागुन १ गतेदेखी सो महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ बुधबार सम्पन्न भयो । गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले महायज्ञको आयोजना गरेको थियो ।

उक्त महायज्ञबाट एक करोड ७५ लाखभन्दा बढी रकम संकलन भएको आयोजक समितिका संयोजक डा. गोविन्द टन्डनले जानकारी दिए । महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गरेका थिए भने युवा पण्डित सुशीलकुमार वाग्ले उपवाचक रहेका थिए ।

नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छा अनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । २०७५ देखि भरतपुर–देवघाटधाम चितवनमा सञ्चालित राम जानकी कन्या गुरुकुल समायोजन गरी हाल सञ्चालनमा रहेको छ ।

नारीहरुलाई संस्कार सहितको बैदिक शिक्षा प्रदान गरि सच्चरित्रवती बिदुषी नारीशक्तिको उत्पादन गर्ने उद्देश्यका साथ देवघाटमा उक्त गार्गी कन्या गुरुकुल सन्चालन भईरहेको छ । नेपालको पहिलो र समावेशी गुरुकुलको रुपमा रहेको यस गुरुकुलमा सरकारी निकायबाट स्विकृती प्राप्त गरि हालसम्म माध्यमिक तहको औपचारिक कक्षा सन्चालन भईरहेको छ । गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् ।

नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक टंकनाथ पौडेलले बताए । उनले देवघाटधाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापनाकाल देखिनै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिए । पछिल्लो समयमा सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष