देवघाटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार देवघाटमा सम्पन्न भयो ।

सो कार्यक्रममा आयोगका उपसचिव जगदिशचन्द्र सिवाकोटीले भ्रष्टाचार र कुशासन विरुद्ध शुन्य सहनशिलताको नीति लिनुपर्ने बताए । पछिल्लो समय स्थानीय तहहरुमा भ्रष्टाचार जन्य कामहरु भएको उजुरी आयोगमा पर्ने हुँदा स्थानीय तहका पदाधिकारीहरुले भ्रष्टाचार नियन्त्रणको लागि सतर्कता अपनाउनु पर्ने बताए । आयोगले कुनै पनि उजुरीमा निश्पक्षरुपमा अनुसन्धान गर्ने सिवाकोटीले बताए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले भ्रष्टाचार नियन्त्रणकोलागि गाउँपालिकाले सबैखाले उपायहरु अबलम्बन गर्ने बताए । गाउँपालिकाले सम्पादन गर्ने कामहरुमा भ्रष्टाचारको गन्ध आएमा त्यसलाई सच्याएर सेवा प्रवाह गर्ने अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी तथा विभिन्न सामुदायिक वन, सहकारी तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको सन्चालन तथा सहजिकरण अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका लेखा प्रमुख सन्तोष आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल