काठमाडौं, फागुन १४
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डा. स्वर्णिम वाग्लेले देवघाट गाउँपालिकामा यथाशक्य जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नु पर्नेमा जोड दिएका छन् । आईतबारको संसद बैठकमा सांसद वाग्लेले देवघाटको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न के ले रोक्यो भन्दै प्रश्न उठाएका छन् ।
सांसद वाग्लेले भने ‘देवघाट गाउँपालिकाको अधिकांश वडामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको फारम संकलन गरी नाप जाँच समेत सकी कम्प्युटरमा प्रविष्ट गरी निस्सा समेत वितरण भइसकेको अवस्थामा पनि आधिकारिक पूर्जा वितरण गर्न के कारणले रोकियो ?
देवघाट गाउँपालिकाको अधिकांश वडामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको फारम संकलन गरी नाप जाँच समेत सकी कम्प्युटरमा प्रविष्ट गरी निस्सा समेत वितरण भइसकेको अवस्थामा पनि आधिकारिक पूर्जा वितरण गर्न ढिलाई भईरहँदा सांसद वाग्लेले यस विषयमा संसदमा प्रश्न उठाएका हुन् ।