सांसद वाग्लेको प्रश्नः देवघाटको पुर्जा वितरण गर्न के ले रोकियो ?

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन १४
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डा. स्वर्णिम वाग्लेले देवघाट गाउँपालिकामा यथाशक्य जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नु पर्नेमा जोड दिएका छन् । आईतबारको संसद बैठकमा सांसद वाग्लेले देवघाटको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न के ले रोक्यो भन्दै प्रश्न उठाएका छन् ।

सांसद वाग्लेले भने ‘देवघाट गाउँपालिकाको अधिकांश वडामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको फारम संकलन गरी नाप जाँच समेत सकी कम्प्युटरमा प्रविष्ट गरी निस्सा समेत वितरण भइसकेको अवस्थामा पनि आधिकारिक पूर्जा वितरण गर्न के कारणले रोकियो ?

देवघाट गाउँपालिकाको अधिकांश वडामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको फारम संकलन गरी नाप जाँच समेत सकी कम्प्युटरमा प्रविष्ट गरी निस्सा समेत वितरण भइसकेको अवस्थामा पनि आधिकारिक पूर्जा वितरण गर्न ढिलाई भईरहँदा सांसद वाग्लेले यस विषयमा संसदमा प्रश्न उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता