विष्णु मगर । देवघाट, फागुन १५
४२ अौं मगर स्थापना दिवसको अवसरमा मंगलबार देवघाट गाउँपालिका-५ मा विविध खेलकुँदका कार्यक्रम आयोजना गरियो ।
पदम स्मृति मगर समाज देवघाट-५ को आयोजनामा मगर दिवसको अवसरमा महिला डोरी तान्ने, बेलुन फुटाई तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
मगर जातीकाे सस्कृतीलाई जाेगाउन पर्छ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष मित्रबहादुर अछामीले बताए ।
समाजका अध्यक्ष अछामीकाे अध्यक्षतामा उक्त कार्यक्रम सन्चालन भएको थियो । सो कार्यक्रममा विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो ।