देवघाटको श्री प्राणनाथ अनाथ सेवा आश्रममा विहिबारबाट धर्मजागनी ज्ञान महायज्ञ हुने, सोभायात्रा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १६

देवघाट गाउँपालिका–५ मा रहेको श्रीकृष्ण प्रणामी सेवा समिति श्री प्राणनाथ अनाथ सेवा आश्रममा विहिबारबाट श्री १०८ तारतम सागर एवं श्रीमद्भागवत श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञ हुने भएको छ । श्रीकृष्ण मन्दिर निर्माण तथा आश्रम सन्चालनकोलागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सो महायज्ञ आयोजना गरिएको हो ।

सो महायज्ञको प्रचार प्रसार र तयारी स्वरुप बुधबार विहान देवघाटमा सोभाकलशयात्राको आयोजना गरियो । आश्रमकी प्रमुख संरक्षक भागवत कथाव्यास बिदुषी सुश्री तारा घिमिरेको अगुवाईमा तथा सोभायात्रा उपसमितिको संयोजकत्वमा भएको उक्त सोभाकलश यात्रामा विभिन्न आमा समुह, धार्मिक संघ संंस्थाका प्रतिनिधिहरु, विभिन्न गुरुकुलका बटुक तथा बिदुषीहरु तथा सामुदायिक वन, सहकारी लगायतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । श्री प्राणनाथ अनाथ आश्रमबाट सुरु भएको उक्त कलशयात्रा बद्री नारायण मन्दिर, झोलुङ्गे पुल, हरिहर आश्रम, गलेस्श्वर आश्रम, वेणी संगम, टाउनचोक, तथा देवघाट गाउँपालिका हुदै पुन आश्रममा पुगेर समापन भएको थियो ।

उक्त श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञको विहिबार उद्घाटन हुने छ । महायज्ञ फागुन २३ गतेसम्म चल्नेछ । सो अवसरमा आश्रममा निर्मित श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्ण कृपाधामको पनि उद्घाटन गरिने कार्यक्रम रहेको छ । आश्रम परिसरमा पाँच करोडको लागतमा कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर निर्माण गरिएको छ ।

महायज्ञ तथा श्रीकृष्ण प्रणामी मन्दिरको आद्यधर्मपीठ श्री ५ नवतनपुरी धाम जामनगर गुजरातका वर्तमान पिठाधीश्वर अनन्त श्री विभुषित जगदगुरु आचार्य कृष्णमणी महाराजले उ्घाटन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा देवघाट क्षेत्रका विभिन्न आश्रमका पिठाधिशरु सहित ४० भन्दा बढि धार्मिक गुरुहरुको सहभागिता रहने महायज्ञ मुल समारोह समितिका संयोजक राजेन्द्रप्रसाद रिजालले बताए ।

महायज्ञ सन्चालनकोलागि रिजालको संयोजकत्वमा १००८ सदस्यिय मुल समारोह समिति र विभिन्न ३१ वटा उपसमितिहरु निर्माण गरिएको रिजालले बताए । उक्त महायज्ञले हिन्दु धर्मको संरक्षणकोलागि योगदान दिने तथा भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि सहयोग गर्ने अपेक्षा लिईएको रिजालले बताए । उक्त श्रीकृष्ण प्रणामी मन्दिरले धार्मिक पर्यटकलाई आकर्षित गर्ने अपेक्षा समेत लिईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले