भानुभक्त जन्मस्थल बिकास समिति संघीय सरकार मातहतमा नै राख्नुपर्ने भानु नगरकार्यपालिकाको निर्णय

Devghat Online

शेयर गरौ

दमौली, फागुन २२

तनहुँको भानु नगरापलिका स्थित चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल बिकास समितिलाई संघीय सरकार मातहतमा नै राख्नु पर्ने भानु नगरकार्यपालिकाले निर्णय गरेको छ ।

नेपालीहरुको भाषिक एकताको प्रतिक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल बिकास समितिलाई नेपाल सरकारले नै स्वमित्व ग्रहण गरी सन्चालन गर्दा वृहत्तर हित देखिने भन्दै बिकास समितिलाई संघीय सरकार मातहतमा नै राख्नु पर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

नगरपालिकाको आईतबार बसेको कार्यपालिकाको बैठकले नेपाल सरकार मन्त्री परिषद्को गत माघ २५ गतेको निर्णय अनुसार आदिकवि भानुभक्त जन्मस्थल बिकास समिति गठन आदेश २०७७ खारेज गरी उक्त आदेश बमोजिम खारेजीमा परेको संस्थाको सम्पत्ती, दायीत्व, काम गर्न बाँकी रहेका परियोजना तथा कार्यरत जनशक्तिलाई नगरपालिकाले अबिलम्ब स्वमित्व ग्रहण गर्न संघीय सरकार मार्फत पत्र प्राप्त भएकोमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल क्षेत्रको महत्व संकुचन हुन जाने भएकाले सो क्षेत्रलाई बृहत्तर सोचका साथ बिकास गर्नका लागि पुनः बिकास समिति ऐन २०१३ बमोजिम गठन र संचालन गर्न संघीय सरकारमा नै अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख त्रिपाठीले जानकारी दिए ।

उक्त बैठकले नगरपालिकामा रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अब्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धि नाप नक्साको कार्य वडा नम्बर १ मा सम्पन्न भएको अवस्थामा आगामी चैत्र महिनाबाट पुनः सुचारु गरी यथाशिघ्र छिटो जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउने निर्णय गरिएको उप–प्रमुख उमा गोतामेले बताइन् ।

यसैबीच ग्रीन आर्मी नेपाल सँगको साझेदारीमा सन्चालन गरिने ग्रीन आर्मी विद्यालय कार्यक्रम सन्चालन गर्न १३ वटै वडामा ग्रीन आर्मी नेपालसँगको सहकार्यमा विद्यालय सुधार कार्यक्रम तथा विद्यार्थीको गुणत्मक वृद्धि एवं मानसिक क्षमता र अनुशासन अभिवृद्धि गर्ने कार्यक्रम आगामी नयाँ शैक्षिक शत्र २०८१ को बैशाखबाट संचालन गर्ने निर्णय समेत भएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिबाकर पौडेलले जानकारी दिए ।

साथै उक्त बैठकले प्रहरी चौकी भन्सारलाई जग्गा उपलब्ध गराउने प्रकृया अविलम्ब अगाडि बढाउन सम्बन्धित निकायबाट पहल थालनी गर्ने निर्णय भएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

देवघाट, जेठ ३१ देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण

राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

दमौली, जेठ ३० गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा