म्याग्देमा एकिकृत घुम्ति शिविर शुरु

Devghat Online

शेयर गरौ

दमौली, फागुन २२

म्याग्दे गाउँपालिकामा एकिकृत घुम्ति शिविर हुने सुरु भएको छ । ‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधारः कृषि,पर्यटन र पुर्वाधार’ भन्ने अभियान सहित म्याग्दे गाँउपालिकाले एकिकृत घुम्ती शिविर शुरु गरेको छ । पालिकाभित्रका ७ वटै वडाका टोलस्तरमा सनचालन हुने शिविर फागुण २१ गते देखि चैत्र ८ गते सम्म चल्नेछ ।

घुम्ति शिविरको उद्घाटन गर्दै गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका जनताको सेवामा सदैव क्रियाशिल रहने वताए । ‘जनताका विकास निर्माण र आवश्यकताको विषयमा यसअघि पनि पहिलो चरणको घुम्ति शिविर सन्चालन गरेर हजारौं जनतालाई सेवा दिईसकेका छौ भने त्यसपछि पनि मृगौलाको परिक्षण, पाठेघरको परिक्षण पनि संचालन गरिसकेका छौ’ अध्यक्ष श्रेष्ठले भने ‘जनतासँग सधै साधक वन्ने अभिलाषा पालिकाको भएको हुदाँ आम जनताको आवश्यकता र चासोमा सदैब लागिरहने छौं ।’

त्यसैगरि गाउँ पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जनताको सेवा भन्दा ठुलो अन्य केही नभएको हुदाँ जनजिविकाको विषयमा पािलका सधै गम्भिर भएको बताए । सवैको साथ र सहयोगले मात्र पालिका अगाडी वढ्ने हुदाँ विकास निर्माण र आवश्यकतामा साथ दिन उनले आग्रह गरे ।

त्यसैगरि गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले पालिकाको एकमात्र अभिष्ट भनेको जनतासँगको साक्षात्कार भएको बताए । जनताको स्वास्थ्य सेवामा पालिकाको विशेष ध्यान दिएको हुदाँ यसअघि पनि मृगौला परिक्षण, ३ दिने क्यान्सर परिक्षण शिविर, एकिकृत घुम्ति शिविर संचालन गरिसकेको वताए । पालिकाले दिने एकीकृत सेवा वडाको टोल टोलमा दिईएको हुदाँ सवैलाई शिविरमा सहभागी भएर सेवा लिन समेत अधिकृत अधिकारीेले बताए ।

वडाको टोल स्तरमा सन्चालन हुने घुम्ति शिविर फागुण २१ र २२ गते वडा नम्बर ३ मा, २३ र २४ गते वडा नम्बर ४ मा,२७ र २९ गते वडा नम्बर ५ मा, फागुण ३० र चैत्र १ गते वडा नम्बर ६ मा, चैत्र २ र ४ गते वडा नम्बर ७ मा, चैत्र ५ र ६ गते वडा नम्बर १ मा र चैत्र ७ र ८ गते वडा नम्बर २ मा एकीकृत घुम्ति शिविर सन्चालन हुनेछ ।

शिविरमा स्वास्थ्य परिक्षण, वीउ विजन तथा पशु वन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पन्जिकरण शाखा अन्तरगतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायत सम्पुर्ण सेवा उपलव्ध हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले