सातौं घिरिङ अध्यक्ष कप प्रतियोगिताको उपाधी वडा नम्बर १ लाई

Devghat Online

शेयर गरौ

अन्जान परियार, घिरिङ फागुन २३

घिरिङ गाउँपालिकामा आयोजित सातौं घिरिङ अध्यक्ष कपको उपाधी वडा नम्बर १ ले जितेको छ। घिरिङ गाउँपालिकाको समन्वयमा खेलकुद बिकास समिति घिरिङको आयोजनामा फागुन २० देखि २२ सम्म आयोजित सातौँ अध्यक्ष कप खेलकुद प्रतियोगिता पोखरीछाप खेल प्राङ्गणमा भएको हो।

मंगलबार सम्पन्न भएको फाईनल खेलमा वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर १ प्रथम भएको छ। यस्तै वडा नम्बर २ द्दितिय र वडा नम्बर ५ तृतिय भएको छ। बिजेताहरुलाई क्रमशः ७५ हजार, ५५ र ३५ हजार नगद पुरस्कार र ट्रफी, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो रहेको छ।

यसैगरि महिला तर्फ वडा नम्बर २ ले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरि वडा नम्बर ४ द्धितिय र वडा नम्बर १ ले तिर्तिय स्थान हासिल गरेका छन। महिला तर्फको प्रथम पुरस्कार ४५ हजार, द्धितिय पुरस्कार ३५ हजार र तिर्तिय पुरस्कार २५ हजार रहेको छ । साथमा ट्रफी , मेडल र प्रमाणपत्र रहेको थियो। यसैगरि कर्मचारी र जनप्रतिनिधि बिच भएको मैत्रीपुर्ण खेलमा जनप्रतिनिधिको टिम बिजयी भएको छ।

यस्तै भलिबल खेलको विभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई आयोजक एबम रेफ्री बाट मुल्यांकन गरि सम्मान गरिएको थियो। उत्कृष्ट खेलाडीहरुमा पुरुष तर्फ बेस्ट प्लेयर रुकेस राज थापा, बेस्ट स्पाइकर सुजन राना, बेस्ट ब्लकर आशिष् श्रेष्ठ, बेस्ट सर्भर बिन्दु नेपाली, बेस्ट सेटर दिपक शाही, बेस्ट डिफेन्डर सोम नारायण श्रेष्ठ ट्रफी सहित सम्मानित भएका थिए। यस्तै महिला तर्फ बेस्ट प्लेयर मनिषा श्रेष्ठ, बेस्ट सर्भर धनु थापा र बेस्ट सेटर नम्रता थापा सम्मानित भएका हुन।

सो कार्यक्रमको अबसरमा सर्बोच्च शिखर सगरमाथा आरोही भारतीय सेनामा कार्यरत मीन बहादुर राना, सुनगाभा नेपालले आयोजना गरेको पहिलो मिस मगर अन्तर्राष्ट्रिय सिजन १ को चौथो रनर अप हुन सफल भएकी निरा थापा मगर र त्रिभुवन आर्मी क्लब बाट सहभागी भइ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ५४ केजि समूहमा प्रथम हुन सफल बर्षा श्रेष्ठ लाई पनि सम्मान पत्र र नगद पाँच हजार सहित सम्मान गरिएको थियो।

खेलकुद बिकास समिती घिरिङका अध्यक्ष झपेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले खेलकुद बिकासको लागि गाउँपालिकाले पालिका भित्रका खेलाडी लाई अन्य ठाउँमा सहभागी गराउँदै आइरहेको बताए। खेलकुद क्षेत्रमा राम्रो नतिजा हासिल गरेका खेलाडी लाई सम्मान गर्दा उनिहरुको मनोबल वृद्धि हुने बिश्वास लिएको बताए।

कार्यक्रममा बिशिस्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले घिरिङ गाउँपालिकालाई समग्र सेवा प्रवाहमा द्रुत गतिमा प्रभावकारी रुपमा गर्दै आइरहेको बताए, साथै उनले खेलाडिहरुलाई शुभकामना ब्यक्त गरे।

सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रबिचन्द्र घोरासिनी, कृष्ण माबिका प्रधानाध्यापक ध्रुबराज सिग्देलले पनि मन्तव्य राखेका थिए। कार्यक्रममा वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु र खेल प्रेमी दर्शकहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रमलाई सांस्कृतिक प्रस्तुति सहित सम्पन्न गरेको कार्यक्रम सन्चालन समर रानाभाटले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू