घिरिङका प्रमुख प्रशासकीय अधिकृत पोखरेलको बिदाई

Devghat Online

शेयर गरौ

दमौली, फागुन २३

घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको बिदाई गरिएको छ । संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरेलको कास्कीको अन्नपुर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरुवा गरेको थियो । सो सरुवा पश्चात बुधबार गाउँपालिकामा पोखरेलेका बिदाई गरिएको हो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष होमहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापा, कार्यपालिका सदस्य भुवन विक लगायतले प्रमुख प्रशासकीय अधिकृतबाट घिरिङ गाउँपालिकालाई भएको सेवा प्रति आभार व्यक्त गर्दै बाँकी जागिरे जिवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले घिरिङले आफुलाई धेरै माया र सम्मान दिएको भन्दै आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । सो कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु तथा कर्मचारीहरुले पोखरेललाई बिदाई गरेका थिए । सो कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रशासकीय अधिकृत ध्रुव लामिछानेले गरेका थिए ।
घिरिङमा म्याग्दीको रघुगंगा गाउँपालिकाबाट कृष्णप्रसाद ढकालको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले