घिरिङका प्रमुख प्रशासकीय अधिकृत पोखरेलको बिदाई

Devghat Online

शेयर गरौ

दमौली, फागुन २३

घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको बिदाई गरिएको छ । संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरेलको कास्कीको अन्नपुर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरुवा गरेको थियो । सो सरुवा पश्चात बुधबार गाउँपालिकामा पोखरेलेका बिदाई गरिएको हो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष होमहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापा, कार्यपालिका सदस्य भुवन विक लगायतले प्रमुख प्रशासकीय अधिकृतबाट घिरिङ गाउँपालिकालाई भएको सेवा प्रति आभार व्यक्त गर्दै बाँकी जागिरे जिवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले घिरिङले आफुलाई धेरै माया र सम्मान दिएको भन्दै आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । सो कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु तथा कर्मचारीहरुले पोखरेललाई बिदाई गरेका थिए । सो कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रशासकीय अधिकृत ध्रुव लामिछानेले गरेका थिए ।
घिरिङमा म्याग्दीको रघुगंगा गाउँपालिकाबाट कृष्णप्रसाद ढकालको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर