जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, फागुन २७

जिल्ला सहकारी संघ तनहुँको ४० अौं वार्षिक साधारणसभा आईतवार दमौलीमा सम्पन्न भयो ।

सो साधारणसभाको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवर, जिल्ला बचत संघका अध्यक्ष देवीबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा संघको वार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गरिएको थियो । सो साधारणसभाले संघको रिक्त रहेको लेखा समितिको सदस्यमा देवघाटका अर्जुन अधिकारी र घिरिङका बुद्धिमान श्रेष्ठलाई मनोनयन गरेको छ ।

सो कार्यक्रममा संघकी उपाध्यक्ष सिर्जना तिवारीले स्वागत मन्तव्य राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको