बन्दिपुरका अध्यक्षद्वारा शिक्षामन्त्रीसँग शैक्षिक क्रियाकलाप सुधार अभियानबारे छलफल

Devghat Online

शेयर गरौ

बन्दिपुर, चैत ४

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले कक्षाकोठा भित्रको शैक्षिक क्रियाकलाप सुधार अभियान बारे शिक्षा बिज्ञान तथा प्रबिधिमन्त्री सुमना श्रेष्ठसँग छलफल गरेका छन् ।

शनिबार शिक्षा मन्त्रालयमा भएको भेटमा गुणस्तरीय शिक्षाका लागि ‘कक्षाकोठा भित्रको शैक्षिक क्रियाकलाप सुधार अभियान’ बारे छलफल गरेको अध्यक्ष थापाले बताए ।

शिक्षा सुधारबारे मन्त्री श्रेष्ठसँग बिस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम पश्चात् अध्यक्ष थापाले बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यबारे प्रचार सहित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सहित विभिन्न ७ भाषामा तयार पारेको क्यु.आर कोर्ड हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष थापाले मन्त्री श्रेष्ठलाई बन्दिपुर घुम्न आउनको लागि निमन्त्रणा समेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू