हेटौंडामा भएको एक्सपर्ट कन्क्लेभमा डिआरएसले तान्यो ध्यान

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
हेटौँडा चैत ०४ ।
हेटौंडा ।उच्च शिक्षाअध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी हेटौंडामा एक्सपर्ट एजुकेशन कन्क्लेभ गरिएको छ ।  विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कार्यक्रममा विद्यार्थी तथाअभिभावकको भीड लागेको थियो ।

कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड,आयरल्याण्ड, क्यानडा र युएसएकाविश्वविद्यालयतथाकलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको शाखा प्रबन्धकअच्युत चालिसेले जानकारी दिए। सोही कार्यक्रममा पब्जी खेलका लागि युवापुस्ता माझ निकै नै लोकप्रियगेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।

सो क्रममा कन्क्लेभमा सहभागि विद्यार्थीहरुले डिआरएसका खेलाडीहरुसंग अन्तरक्रियातथाफोटोसेसन गरेका थिए । डिआरएसकाअप्रेशनप्रमुख संगीन भट्टराईले हेटौंडाका शुभेच्छुकहरुसंग प्रत्यक्ष भेटघाट गर्न पाउनु खुशीको कुरा भएको बताए । ‘यो अवसरका लागिएक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई धेरै धेरै धन्यवाद, शुभेच्छुकहरुसंग अन्तरक्रिया गर्न पाउनु खुशीको कुरा हो ।’ डिआरएससंग भेट्न र फोटोसेसनमा सहभागि हुन पाउँदा विद्यार्थी तथा शुभेच्छुकहरु खुशीभएकाथिए ।

डिआरएसका खेलाडीबाट उनीहरुकै जर्सी उपहार पाएका हेटौंडा बसामाडीका इन्द्र गौतम भन्छन्–‘आज डिआरएसका खेलाडीहरुसंग प्रत्यक्ष भेट्न पाउँदानसोचेको सपना पुरा भएको महसुस भएको छ, म ज्यादै खुशी छु, यो अवसरका लागि एक्सपर्ट एजुकेशनलाई धेरै धेरै धन्यवाद ।’ कन्क्लेभमा सहभागि २० जनाले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी उपहार पाएकाथिए । डिआरएसका खेलाडीहरु आजै चितवनको रत्ननगरस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा समेत पुगेर शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । सो क्रममाउनीहरुले फोटोसेसनका साथै आफ्नो जिज्ञाशा राखेका थिए ।

हेटौंडास्थित पारीजातपथमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमाआयोजितएक्सपर्ट एजुकेशन  कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

डिआरएसको टिम भोलि (सोमबार) भरतपुरस्थित बेस क्याम्पमा हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुँदैछ । शुभेच्छुकहरुले भरतपुरमा डिआरएसंग भेटघाट तथा फोटोसेसनमा सहभागि हुन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको