देवघाटको बेणी संगममा सार्वजानिक सौचालय निर्माण सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, चैत ५

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिगन्डकी र त्रिशुलीको संगम स्थान बेणीमा सार्वजानिक सौचालय निर्माण सम्पन्न भएको छ । सो सार्वजानिक सौचालयको सोमबार वडा नम्बर ६ का वडा अध्यक्ष पुर्णबहादुर कुँवर तथा वडा सदस्यहरु बुद्धिबहादुर पाण्डे, कमला गुरुङ र सरस्वती परियारले संयुक्त रुपमा उद्घाटन गरे ।

देवघाटको वेणी संगममा सार्वजानिक सौचालय नहुँदा त्यहाँ आउने भक्तजनहरुलाई निकै समस्या हुने गरेकोमा अव भने सौचालयको निर्माण पछि राहत पुग्ने वडा अध्यक्ष कुँवरले बताए । वेणी संगममा स्नान गर्न आउने भक्तजनलाई सौचालयको समस्याको बारेमा जानकारी भएपश्चात वडाको बजेटबाट उक्त सौचालय निर्माण गरिएको वडा अध्यक्ष कुँवरले बताए ।

९ लाखको लागतमा उक्त सौचालयको निर्माण गरिएको थियो । जसमा वडा कार्यालयको ६ लाख, प्रधानमन्त्री रोजगारी कोषबाट १ लाख ५० हजार तथा गत पुषमा भएको गाउँ अधिवेशनबाट १ लाख ५० हजार रूपैयाँ रकामान्तर गरि सो सौचालयको निर्माण गरिएको वडा अध्यक्ष कुँवरले जानकारी दिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त, सव–ईन्जिनियर श्याम सुन्दर सुवेदी, अ.सव–ईन्जिनियर बिनिता पुन, वडा सचिव पविता खनाल तथा निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय