आँबुखैरेनीमा र्याफ्टिङका लागि अध्ययन, व्यवसायीक र्याफ्टिङ सन्चालन गरिने

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, चैत ५

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङदी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आँबुखैरेनी–४ स्थित मस्र्याङ्दीमा र्याफ्टिङङको सम्भाव्यता अध्ययन गरेको हो ।

पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मस्र्याङ्दीमा र्याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । पर्यटन प्रवद्र्धन सँगै पर्यटक लोभ्याउने तथा मनोरञ्जनको हिसाबले निकै महत्वपूर्ण व्यवसाय र्याफ्टिङ व्यवसाय प्रवद्र्धनको लागि छिट्टै नै सो स्थानमा र्याफ्टिङ सञ्चालन गरिने गाउँपालिका अध्यक्ष चुमानले बताए ।

मस्र्याङ्दीमा व्यावसायिक रुपमा र्याफ्टिङ सञ्चालन गर्नका लागि विज्ञ सहितको सम्भाव्यता अध्ययन गर्दा सफल भएको भन्दै चुमानले अब यसलाई व्यावसायिकरुपमा सञ्चालन गर्ने बताए ।

एक्सप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा र्याफ्टिङको अध्ययन गरिएको थियो । परीक्षणका क्रममा गाउँपालिकाका अध्यक्ष चुमान, वडाध्यक्ष लगायत जनप्रतिनिधिले र्याफ्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ