क्यान्सर पिडित देवघाटकी बिनुमायाबाट सहयोगको याचना

Devghat Online

शेयर गरौ

देवघाट, चैत ६
देवघाट गाँउपालिका–२ स्थायी घर भई हाल व्यास नगरपालिका–५, पिपलटारमा बस्दै आएकी क्यान्सर पीडित ४९ वर्षिया बिनुमाया गुरुङले उपचारको लागि आर्थिक सहयोगको याचना गरेकी छिन् ।

कलेजोको क्यान्सरबाट पीडित रहेकी उनले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा उपचारकोलागि आर्थिक सहयोग गर्न अनुरोध गरेकी हुन् । मुटु पोल्ने तथा पेट फुल्ने समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा उपचार गराएकी गुरुङले विपी कोईराला क्यान्सर अस्पताल भरतपुरमा पुगेर परिक्षण गर्दा कलेजेको क्यान्सर भएको पुष्टि भएको थियो ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेकी गुरुङको स्वास्थ्य उपचारको लागी हालसम्म ठुलो रकम खर्च भईसकेको र अब थप उपचारको लागि आर्थिक अभाव भएको हुदाँ सहयोगको लागी सबैसँग अनुरोध गरिएको बिनुमायाका पति दलबहादुर गुरुङले बताए । आफ्नो नाममा जग्गा नभएका उनीहरु हाल हाल अर्काको जग्गामा बस्दै आएका छन् । एक छोरा र २ छोरी रहेका गुरुङको छोरा वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् ।

दैनिक ज्याला मजदुर गरेर जीवन यापन गर्दै आएको गुरुङ परिवारमा श्रीमतीको कलेजोको क्यान्सर देखिएपछि कसरी उपचार गर्ने भन्ने पीडामा रहेको दलबहादुरले वताए । हालसम्म ऋण गरेर करिब २ लाख उपचारमा खर्चिसकेका गुरुङ दम्पतीले परिवारको उपचारका लागी सहयोग जुटाईदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय