जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तन गरिएको बताएका छन् । नयाँ वर्षको अवसरमा नेकपा एमाले व्यास नगर कमिटिको आयोजनामा शनिबार दमौलीमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै ज्ञवालीले राजनैतिक कोर्ष परिवर्तन गर्दै जनताको आशा र विश्वास जोगाउनका लागी पुन एमाले सरकारमा फर्किएको बताए ।

ज्ञवालीले विगतमा देशमा एमाले नै सकियो कि भन्ने भाष्य बनाईएको बताए । ‘विगतमा गठबन्धन सरकारमा रहेका दलहरुले विपक्षी दल एमालेको अस्तित्व सकियो भन्ने प्रोपोगोण्डा चलाईएको थियो’ ज्ञवालीले भने ‘तर त्यो सम्भव थिएन र भएन, अव जनताको मुद्धा एमालेले मात्र सम्वोधन गर्नेछ ।’

‘देश र जनताको प्रिय पार्टी एमालेलाई सिध्याउन जसरी लागे, त्यो सम्भव भएन र राजनैतिक कोर्ष नै परिवर्तन भयो’ उनले भने । सरकारको मुख्य उद्देश्य राजनैतिक स्थीरता भएको भन्दै ज्ञवालीले राजनीतिक स्थिरिताले मात्र शुसासन र विश्वास सिर्जना गर्ने बताए । एमाले सरकार बाहिर हुँदा देशको अर्थतन्त्र साह्रै नाजुक भएको हुदाँ त्यसलाई लयमा फर्काउन अहिलेको सरकार लागपरेको ज्ञवालीले बताए ।

चैतर्फी घेरावन्दीको बावजुद पनि नेकपा एमाले देशको शक्ति भएको हुदाँ एमालेले मात्र देशको विकास र समृद्धि ल्याउने उनले बताए । भष्ट्राचार विरुद्धको लडाईमा कुनै पक्षपात नगरिने हुदाँ अव देश निर्माणमा सम्पुर्ण राजनैतिक शक्तिहरु न्युनतम कार्यक्रममा एकजुट हुन पर्ने ज्ञवालीले बताए ।

नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले स्थायी कमिटिका सदस्य किरण गुरुङ, जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष हरिराज कडेंल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती