नयाँ बर्षको अवसरमा गौ सेवामा रमाउँदै 

Devghat Online

शेयर गरौ

देवघाट, बैखाख ३

नयाँ वर्ष २०८१ को सुरुवात सँगै योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीमा संरक्षित गाईलाई दीर्घकालसम्म संरक्षण गर्ने उद्देश्यले विभिन्न धार्मिक तथा गौ भक्तजनबाट अक्षयकोषमा रकम जम्मा गर्ने कार्यमा वृद्धि भएको छ।

‘गाईका शरीरमा सम्पूर्ण देवताहरू निवास गर्दछन्, गाई आमासमान पूज्य छन्, हरेक धार्मिक कार्यमा गब्य अनिवार्य छ ।’ गाईको यो महत्त्वलाई हृदयङ्गम गरी यस क्षेत्रमा २०४३ सालबाट राष्ट्रगुरु योगी नरहरिनाथले स्थानिय जातका गाईको संरक्षण गर्न शुरू गर्नु भएको थियो ।

यसै क्रममा उक्त गौ संरक्षण केन्द्रमा हाल २२५ भन्दा बढी गोबंश संरक्षित छन्। धर्म, संस्कार र संस्कृतिको रक्षार्थ गौ संरक्षण भन्ने मूल मर्मका साथ गाईलाई संरक्षण गरिएको छ । स्थानिय जातका गाईलाई संरक्षण गरिएको वागीश्वरी क्षेत्रमा प्रतिदिन गौ भक्तजनको आउने क्रम बढ्दो रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संयोजक नवराज ढकाल बताउनु हुन्छ ।

गौ संरक्षण केन्द्रमा हाल संरक्षक सदस्य २८ जना र आजीवन सदस्य २६० जना हुनुहुन्छ । अक्षय कोष खातामा रु १ लाख भन्दा बढी रकम सहयोग गर्ने दातालाई यस केन्द्रको संरक्षक सदस्य र रु ११ हजार भन्दा बढी सहयोग गर्ने दातालाई आजीवन सदस्यले सम्मानित गरिन्छ।

यसै क्रममा गौ संरक्षणका लागि नयाँ बर्ष २०८१ को अवसर पारी भरतपुर १० ओम शान्ति चोक निवासी रोमनाथ शर्माले ५० हजार ५ सय ५ , हेटौडा ४  थाहा चोक निवासी रबिन थापाले रु ११ हजार १०, भरतपुर ३ लायन्सचोक निवासी ईम प्रसाद न्यौपाने बाट रु ११ हजार १ सय ५५ र रुपन्देही ओम सातिया २ निवासी गंगा प्रसाद पोखरलले रु ११ हजार ५ प्रदान गर्नु भएको संयोजक ढकालले जानकारी दिनु भयो।

स्थानिय जातका गाईलाई संरक्षण गर्न नेपाल भरीबाट सहयोग जुट्ने गरेको छ । यहां दैनीक रुपमा गौ सेवा गर्न आउने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको संयोजक ढकाल बताउनु हुन्छ ।

नेपालको मध्य भागमा पर्ने धार्मिक तथा पर्यटकीय स्थल देवघाटधामको भौगोलिक क्षेत्रभित्र वागीश्वरी पर्दछ । यस क्षेत्रलाई गोसेवा तिर्थको रुपमा विकास गर्नु पर्ने कुरामा योगी नरहरिनाथ गौ संरक्षण केन्द्र लागी परेको बताउनु हुन्छ ।

गौ संरक्षण केन्द्रका संयोजक ढकालले पूर्वीय दर्शनमा गौ सेवाको ठूलो महत्व हुने हुँदा त्यस क्षेत्रमा रहेका गाईलाई सेवा गर्न र गाईलाई दीर्घकाल सम्म संरक्षण गर्ने उद्देश्यले स्थापित अक्षयकोष रकमलाई बढाउन अनुरोध गर्दै स्थानीय जातका गाई संरक्षणमा  जुट्नकालागी सबैलाई अनुरोध गर्नु भएको छ ।

हाल यस केन्द्रको अक्षकोषमा रु ७८ लाख रहेको छ । यहाँबाट गौ अर्क र भर्मि कम्पोष्ट (गँड्यौला) मल  उत्पादन गरी गाईलाई मानव स्वास्थ्य र कृषि संग जोडने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता