मानुङमा घर निर्माणको मापदण्ड तोक्ने व्यास नपाको निर्णय

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २३

व्यास नगरपालिकाले वडा नम्बर ५ को मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माण सम्बन्धि मापदण्ड तोक्ने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले मानहुँमा घर निर्माण सम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रकृया सुरु गर्ने र निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

बैठकले आ.व.०८१÷०८२ को वजेट तयारी सम्बन्धमा वडागत प्रगतीका सम्बन्धमा छलफल गरि बजेट अनुमान तथा बजेट सीमा निर्धारण समितिको वडागत, शाखागत, कार्यक्रमगत बजेट सीमा सम्बन्धि प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । आगामी जेठ १ गते देखि प्लाष्टिक झोला मुक्त अभियानलाई कडाई पूर्वक पालना गर्ने गराउने गरी प्लाष्टिक मुक्त अभियान सम्बन्धि कार्यविधि २०८१ पारित गर्ने निर्णय पनि बैठकले गरेको नगरपालिकाका प्रवक्ता जिवन गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

व्यास नगरपालिकाका घर सटरहरुको उठ्न बाँकी भाडा बुझाउन पटक पटक सम्बन्धित भाडामा रहनेलाई सूचना गर्दा केही घर भाडामा बस्नेहरुवाट भाडा उठेको देखिएको र भाडा उठ्न बाँकी अन्य कोठा, सटरहरुको नियमानुसार प्रकृया अघि बढाई खाली गर्न निर्देशन दिने निर्णय गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता