दुलेगौंडा, बैशाख ३१
जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराका स्वास्थ्यकर्मीहरुद्वारा सोमबार नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारामाका सुरक्षाकर्मीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भयो ।
जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा, तनहुँका मेडिकल डाईरेक्टर डा.राम कुमार श्रेष्ठ लगायत ६ जना स्वास्थ्य कर्मीहरुले गणमा कार्यरत १३० जना प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
उक्त निःशुल्क शिविरमा प्रेसर, सुगर चेकजाँच लगायत अन्य स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो । उक्त शिवरमा नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौरा तनहुँका गण प्रमुख केदार खनालले जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा, तनहुँ र उक्त अस्पतालबाट स्वास्थ्य शिविरमा खटिनु भएका मेडिकल डाईरेक्टर डा.राम कुमार श्रेष्ठ लगायत स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिएका थिए ।