देवघाटमा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परिक्षण हुने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ८

देवघाट गाउँपालिकाको आयोजनामा वडा नम्बर २ र ३ का जेष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको छ ।

यही जेठ १३ गते वडा नम्बर ३ को छिपछिपे स्वास्थ्य चौकीमा वडा नम्बर २ र ३ का जेष्ठ नागरिकहरुको लागि आँखा, कान र दाँत सम्बन्धी स्वास्थ्य परिक्षण शिविर हुने भएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताए ।

स्वास्थ्य परिक्षणकोलागि जेष्ठ नागरिकहरु अस्पतालसम्म जान समस्या पर्ने भएको हुँदा गाउँमै विशेषज्ञ डाक्टरको सेवा सहित स्वास्थ्य परिक्षण गर्न लागिएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक