गणतन्त्र दिवसमा देवघाटमा रक्तदानः ४८ पिन्ट रगत संकलन

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १५

गणतन्त्र दिवस २०८१ को अवसरमा मंगलबार देवघाट गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

देवघाटधाम जेसिज, लियो क्लब अफ देवघाट चौतारी, देवघाट सामुदायिक सिकाइ केन्द्र तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाट तनहुँको संयुक्त आयोजना एवं देवघाट गाउँपालिकाको प्रबद्र्धन प्रादेशिक रक्त सन्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा देवघाट गाउँपालिका परिसरमा सन्चालित उक्त रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको छ ।

सो कार्यक्रममा सुरक्षाकर्मी, जेसिजका सदस्य, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे । देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ, वडा सदस्यहरु, जेसिज, रेडक्रस सोसाईटी, सामुदायिक सेवा केन्द्र तथा लियो क्लवका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सम्राट अधिकारी तथा सन्चालन देवघाटधाम जेसिजका महासचिव प्रसन्न ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास