देवघाटको घिनाटार–टाउनचोक अलपत्र सडकः म्याद सकियो तर ठेकेदार सम्पर्क विहिन

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २१

देवघाट गाउँपालिका–५ को घिनटार–टाउनचोक–देवपुर सडकखण्डको निर्माणको म्याद सकिएको लामो समय भयो तर काम भने अलपत्र परेको छ । १५ सय मिटर लम्बाई र नाली सहित ११ मिटर चौडाईको उक्त सडक २०८० पुस २१ गतेसम्म नाली निर्माण र कालोपत्रे गर्ने गरि जिएमआर कन्ट्रक्स नेपाल प्रा.लिसँग २०७९ पुस ११ गते सम्झौता भएको थियो । उक्त सडक कालोपत्रेको लागि भ्याट रकम सहित ३ करोड ७१ लाख ११ लाख २२५ रुपैयाँमा निर्माण कम्पनीमा सम्झौता भएको थियो ।

निर्माण सम्पन्न गर्नु पर्ने अवधि पुस २१ सकिएको पनि ६ महिना पुग्न लाग्दा हालसम्म जम्मा २५ प्रतिशत मात्रै काम भएको छ । सडक कालोपत्रेको काम अलपत्र पारेर निर्माण व्यवसायी भने वेपत्ता भएका छन् । देवघाट गाउँपालिकाले निर्माण व्यवसायीलाई पटक पटक पत्र पठाई समयमै काम सक्न ताकेता गरेपनि निर्माण व्यवसायी भने सम्पर्कमा नआएको देवघाट गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले बताए ।

निर्माण सम्झौताको म्याद सकिएपनि देवघाट गाउँपालिकाले भने निर्माण कम्पनीलाई असार मसान्तसम्मको म्याद दिएको थियो । त्यस अवधिसम्म पनि निर्माण कम्पनी सम्पर्कमा नआएको इन्जिनियर ढुङ्गानाले बताए । गाउँपालिकाले गत जेठ ११ गते अन्तिम पटक निर्माण कम्पनीलाई पत्र पठाएको थियो । तर पनि निर्माण कम्पनीका प्रतिनिधि अझै सम्पर्कमा नआएको ढुङ्गानाले बताए ।

अव पनि निर्माण कम्पनिका प्रतिनिधि सम्पर्कमा नआए र काम सुरु नगरे ठेक्का सम्झौता तोडेर उसको बैंक ग्यारेन्टी रकम जफत गरि अर्काे ठेक्का लगाउने इन्जिनियर ढुङ्गानाले बताए । यस अघि पनि उक्त निर्माण कम्पनीले नाला नर्माणको काम गुणस्तरहिन गरेको भन्दै पटक पटक स्थानीयले गुनासो गरेका थिए ।

देवघाट गाउँपालिकाको लापरवाही र हेलचक्राईको कारण अहिले उक्त सडकको निर्माण कम्पनी वेपत्ता भएको र सडक अलपत्र परेको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका छन् । नेकपा एमाले देवघाट–५ का अध्यक्ष एवं स्थानीय उपभोक्ता गणेश थापाले गाउँपालिकाले समयमै पटक पकट अनुमगन गर्ने र खबरदारी गर्ने काम गरेको भए अहिले अन्तिममा आएर ठेकेदार खोज्नु नपर्ने बताए । उनले उक्त सडक समयमै निर्माण नहुुनुको सबै जिम्मेबारी गाउँपालिका र स्थानीय जनप्रतिनिधिले लिनुपर्ने बताए ।

उक्त घिनाटार–टाउनचोक–देवपुर मार्ग स्तरोन्नती योजना अन्तर्गत जिएमआर कन्ट्रक्सन प्रा.लि माडी चितवनसँग सडक कालोपत्रे र पक्की नाला निर्माण कार्यका लागि २०७९ पुस १७ गते सम्झौता भएको थियो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीको उक्त योजनाकोलागि बजेट बिनियोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त