नेकपा एमाले शुक्लागन्डकीको दोश्रो नगर अधिवेशन सुरु

Devghat Online

शेयर गरौ

दुलेगौंडा, जेठ २३

नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिको दोश्रो अधिवेशन बुधबार दुलेगौंडामा सुरु भएको छ । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवं पुर्व मन्त्री किरण गुरुङ्गले उद्घाटन गरे ।

नगर कमिटिका कार्यवहाक अध्यक्ष रघु पौडेलको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य सविता रसाईली, पुर्व केन्द्रीय सल्लाहाकार शेषमणी आचार्य, पुर्व केन्द्रिय सदस्य प्रतापाल श्रेष्ठ, केन्द्रीय सल्लाहाकार नरेन्द्र वाग्ले, गन्डकी प्रदेश सभाका सांसद श्यामराजा महत, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, प्रदेश कमिटिका सदस्यद्वय कृष्णकुमारी श्रेष्ठ र कमल ढकाल, जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिवद्वय खिम कुमाल र सुनिता नेपाली लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

विहिबार सम्म चल्ने उक्त अधिवेशनले नगर कमिटिमा नयाँ नेतृत्व चयन गर्नेछ । एमाले शुक्लागन्डकी नगर कमिटिको अध्यक्षमा हालका कार्यवहाक अध्यक्ष रघुनाथ पौडेलको सम्भावना रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार