नेकपा एमाले शुक्लागन्डकीको दोश्रो नगर अधिवेशन सुरु

Devghat Online

शेयर गरौ

दुलेगौंडा, जेठ २३

नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिको दोश्रो अधिवेशन बुधबार दुलेगौंडामा सुरु भएको छ । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवं पुर्व मन्त्री किरण गुरुङ्गले उद्घाटन गरे ।

नगर कमिटिका कार्यवहाक अध्यक्ष रघु पौडेलको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य सविता रसाईली, पुर्व केन्द्रीय सल्लाहाकार शेषमणी आचार्य, पुर्व केन्द्रिय सदस्य प्रतापाल श्रेष्ठ, केन्द्रीय सल्लाहाकार नरेन्द्र वाग्ले, गन्डकी प्रदेश सभाका सांसद श्यामराजा महत, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, प्रदेश कमिटिका सदस्यद्वय कृष्णकुमारी श्रेष्ठ र कमल ढकाल, जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिवद्वय खिम कुमाल र सुनिता नेपाली लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

विहिबार सम्म चल्ने उक्त अधिवेशनले नगर कमिटिमा नयाँ नेतृत्व चयन गर्नेछ । एमाले शुक्लागन्डकी नगर कमिटिको अध्यक्षमा हालका कार्यवहाक अध्यक्ष रघुनाथ पौडेलको सम्भावना रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले