डुम्रे बजारको सडक क्षेत्रका घर टहरा अबिलम्ब हटाउन वडा कार्यालयको अनुरोध

Devghat Online

शेयर गरौ

डुम्रे, जेठ २३

बन्दिपुर गाउँपालिका वडा नम्बर १ वडा कार्यालयले सडक खन्डमा पर्ने घर टहरा अबिलम्ब हटाउन सम्बन्धित घर धनीलाई अनुरोध गरेको छ । वडा अध्यक्ष शिवकुमार श्रेष्ठले सुचना प्रकाशन गरि घरधनीहरु परशुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टिकाराम अधिकारी, शुक बहादुर÷कृष्ण कुमारी कायस्थ र भक्त बहादुर सुनारलाई सडक क्षेत्र भित्र पर्ने आफ्नो घर टहरा अबिलम्ब हटाई सडक विस्तार कार्यमा सहयोग गर्न अनुरोध गरेका छन् ।

बन्दिपुर गाउँपालिकाको खण्डमा सडक निर्माण।विस्तार क्षेत्रमा पर्ने हटाउनु पर्ने घर टहरा मध्ये अधिकांस घर टहराहरु सम्बन्धित घरधनीहरुले हटाई सडक निर्माण तथा विस्तार कार्यमा सहयोग भई रहेकोमा उक्त सात जना घरधनीहरुले पटक पटक आग्रह गर्दा पनि सडक मापदण्ड भित्र पर्ने संरचनाहरु पूर्ण रुपमा नहटाई दिएको कारण सडक निर्माण तथा विस्तार कार्यमा अवरोध भई रहेको व्यहोरा जानकारी हुन आएको हुँदा सडक मापदण्ड भित्र पर्ने संरचनाहरु यथाशिघ्र हटाई सडक निर्माण कार्यमा सहजिकरण गरिदिनुहुन अनुरोध गरेका छन् ।

साथै सडक मापदण्ड भित्र पर्ने संरचनाहरु नहटाईएको पाईएमा नियमानुसार कारवाही प्रकृया अगाडी बढाईने पनि वडा अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।

मुग्लिन–पोखरा सडक योजना (पुर्वी खन्ड) ले गत जेठ १३ गते बन्दिपुर गाउँपालिकालाई पत्र पठाई उक्त सात जना घरधनीले सडक मापदण्डमा पर्ने घर टहरा नटाउँदा सडक विस्तार कार्यमा अवरोध भएको हुँदा हटाउनुपर्ने घर टहरा अविलम्ब हटाउने कार्यमा आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरेको थियो ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सन्चालित साविक मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत तनहुँको आबुँखैरेनीदेखी पोखरासम्म दुई खण्डमा सडक विस्तार कार्य भईरहेको छ । उक्त दुबै खण्डको सडक निर्माणकोलागि चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण कार्य भईरहेको छ ।

उक्त सडक निर्माणको लागि मुआब्जा र क्षतिपुर्ती समेत वितरण भईसकेको अवस्थामा बन्दिपुर गाउँपालिकाको खण्डमा सडक निर्माण÷विस्तार क्षेत्रमा पर्ने हटाउनु पर्ने घर टहरा मध्ये सात जना घरधनीले सडक क्षेत्रमा पर्ने घर टहरा नहटाउँदा सडक विस्तारमा अवरोध भएको सडक विस्तार आयोजनाले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा